प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
सारांश
- काठमाडौं, माघ १६ ।
- दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामूहिक बलात्कार’ गरेको घटनामा प्रहरी वृत, दरबारमार्गका डिएसपी र इन्सपेक्टर छानबिनमा तानिएका थिए ।
- प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न दरबारमार्ग वृत्तको मुद्दा शाखामा कार्यरत इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा सरुवा गरेको छ ।
काठमाडौं, माघ १६ । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामूहिक बलात्कार’ गरेको घटनामा प्रहरी वृत, दरबारमार्गका डिएसपी र इन्सपेक्टर छानबिनमा तानिएका थिए ।
प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न दरबारमार्ग वृत्तको मुद्दा शाखामा कार्यरत इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा सरुवा गरेको छ ।
छानबिन समितिले दरबारमार्ग वृत्तका इन्चार्ज डिएसपी तिलक भारती र मुद्दा शाखामा कार्यरत सई चन्द्र भण्डारीमाथि समेत मिलेमत्तोको आशंकामा अनुसन्धान शुरु गरेको छ ।
महानगरीय प्रहरी वृत बालाजु दरबन्दी भएका प्रहरी निरीक्षक ठकुरीलाई गएको असोजमा महानगरीय प्रहरी प्रमुख जय बहादुर चन्दले कालिमाटी वृत्तमा पठाएका थिए । पछि राजनितीक पावर लगाएर उनी दरबारमार्गको मुद्दा शाखामा आउन सफल भएका थिए ।
प्रतिक्रिया