अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति हसन रौहानीबीच भेटवार्ता हुने !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • वासिङ्टन, १५ साउन ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानी राष्ट्रपति हसन रौहानीसँग भेट्न तयार भएका छन् ।
  • सोमबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति रौहानीसँग आफू विनाशर्त भेटेर वार्ता गर्न तयार रहेको कुरा सोमबार जानकारी दिएका हुन् ।

वासिङ्टन, १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानी राष्ट्रपति हसन रौहानीसँग भेट्न तयार भएका छन् । सोमबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति रौहानीसँग आफू विनाशर्त भेटेर वार्ता गर्न तयार रहेको कुरा सोमबार जानकारी दिएका हुन् ।

हाल अमेरिका भ्रमणमा रहनुभएका इटालीका प्रधानमन्त्री गुसेप कोन्तेसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा उनले तपाइँ इरानका नेतासँग भेट्न चाहनुहुन्न भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पको जवाफ थियो— म जोसुकैसँग पनि भेट गर्न तयार छु किनभने मलाई भेटघाटमा विश्वास छ ।उनले उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र नेटोका नेताहरुसँगका उच्चस्तरीय बैठकको स्मरण गर्दै भने— यी केही महत्वपूर्ण बैठकहरुले राम्रो परिणाम निकालेको थियो ।

पक्कै पनि म इरानका नेताहरुसँग भेट्ने छु यदि तिनीहरु भेटघाट गर्न इच्छुक छन् भने, तर मलाई लाग्छ उनीहरु भेटघाट गर्न अहिले नै तयार भने छैनन्— राष्ट्रपति ट्रम्पले भने । उनको भनाई थियो— मैले इरानसँगको आणविक सम्झौता खारेज गरिदिएको थिएँ जुन अत्यन्तै हास्यास्पद सम्झौता थियो । त्यहीकारण मलाई लाग्छ सायद उनीहरु हामीसँग अहिल्यै वार्ताका लागि त्यति इच्छुक छैनन् र यदि छन् भने पनि म कुनै पनि समय भेटघाट गर्न तयार छु ।

यदि उनीहरु मसँग भेटवार्ता गर्न चाहान्छन् भने म उनीहरुको लागि, देशको लागि तथा हामी सबैको राम्रोको लागि भेटवार्ता गर्न चाहेको छु, राष्ट्रपति ट्रम्पले भने । सन् २०१५ मा भएको इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट गत मे महिनामा ट्रम्प प्रशासन पछि हटेको थियो । सन् २०१५ मा जर्मनी सहित संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्रहरु संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस एवं इरानबीच आणविक सम्झौतामा भियनामा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतामा इरानले आणविक कृयाकलापहरुलाई सीमित गर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई इरान भ्रमण गराउने भनिएको थियो । यो सम्झौता अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले इरानसँग विश्वका शक्ति राष्ट्रहरुसमेत राखी यो सम्झौता गराउनुभएको थियो । ट्रम्प प्रशासनले सम्झौताबाट बाहिरिने घोषणा गरेयता इरान र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको छ । इरानले अमेरिकाको उक्त निर्णयको कडा शब्दमा विरोध गर्दै अमेरिकाले स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
न्याय परिषद् बैठकः रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस
न्याय परिषद् बैठकः रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस
तीनवटै राप्रपा सहमति नजिक
तीनवटै राप्रपा सहमति नजिक
चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
तिज गीतमा धम्की आएपछि गायिका सोफिया थापाले दिइन् प्रहरीमा उजुरी
तिज गीतमा धम्की आएपछि गायिका सोफिया थापाले दिइन् प्रहरीमा उजुरी
यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
डा. केसीलाई काठमाडौं ल्याउन जुम्ला उड्यो हेलिकोप्टर
डा. केसीलाई काठमाडौं ल्याउन जुम्ला उड्यो हेलिकोप्टर
फेन्सङमा आर्मी ५ स्वर्णसहित च्याम्पियन
फेन्सङमा आर्मी ५ स्वर्णसहित च्याम्पियन
सरकारद्वारा चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
सरकारद्वारा चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

तपाईंले छुटाउनुभयो कि?