न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
१९ पटक हेरिएको
Shares
न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल

सारांश

  • हेटौँडा, २६ वैशाख ।
  • प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताएका छन् ।
  • प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कानून दिवस २०७५ का अवसरमा आज बिहान हेटौँडामा गरिएको कार्यक्रमको उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

हेटौँडा, २६ वैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताएका छन् । प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कानून दिवस २०७५ का अवसरमा आज बिहान हेटौँडामा गरिएको कार्यक्रमको उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले न्यायाधीश कुनै बेलामा निर्मम बनेर भए पनि न्याय दिनुपर्ने बताए । अन्यायमा परेकालाई न्याय दिनका लागि कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ । न्यायमा सबै नागरिकको पहुँच हुनुपर्ने बताउँदै उनले भने,“सबै क्षेत्रमा सबैको समान पहुँच हुनुपर्छ । न्याय दिने न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ ।”

उनले सरकारले गर्ने गौरवका आयोजनामा बाधा–अवरोध आएकाले त्यसो नगर्न आग्रहसमेत गरे । प्रदेश ३ कै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले पहुँचका आधारमा न्याय दिने काम अब रोकिनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?