तीनवटै राप्रपा सहमति नजिक
सारांश
- काठमाडौं, २५ कात्तिक।
- तीन वटै राप्रपाबीच अब छिट्टै एकता हुने भएको छ।
- तीन वटै पार्टीका अध्यक्षहरु क्रमशः कमल थापा, पशुपतिशमशेर राणा र डा.
काठमाडौं, २५ कात्तिक। तीन वटै राप्रपाबीच अब छिट्टै एकता हुने भएको छ। तीन वटै पार्टीका अध्यक्षहरु क्रमशः कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच एकताको लागि छलफल भएको छ । उनीहरु एकताको सहमतिनजिक पुगेको नेता बुद्धिमान तामाङले जानकारि दिए । लामो समयदेखि विभिन्नमा खेमामा विभाजित रहेका उनीह अब एक हुँदा बलियो प्रजातान्त्रिक शक्ति निर्माण हुने आम नेता तथा कार्यकर्ताको बुझाई छ ।
स्रोतका अनुसार नेता बुद्धिमान तामाङको पहलमा आज विहान तीनै राप्रपाका शीर्ष नेताहरुबीच छलफल तथा सम्वाद भएको छ । तीन वटै अध्यक्षहरु एकताको सहमतिमा पुगेका छन् । नीति र विचारमा कुनै विवाद छैन् । स्रोतका अनुसार एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग सहमतिमा आए सोमबार तीन दलबीच एकता हुनेछ। लोहनीले आफूलाई पनि थापा र राणाकै हैसियत दिनुपर्ने माग गरेका छन्। तर यो विषयमा थापा र राणा सहमत भइसकेका छैन।
प्रतिक्रिया