अमेरिकी संसदमा फेसबुकका मालिक जुकरबर्गको पाँच घण्टा बयान

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
२० पटक हेरिएको
Shares
अमेरिकी संसदमा फेसबुकका मालिक जुकरबर्गको पाँच घण्टा बयान

सारांश

  • काठमाडौं : प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोगको आरोप खेपिरहेको सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्गले मंगलबार पहिलोपटक अमेरिकी संसदको सामना गरेका छन्।
  • जुकरबर्गले प्रयोगकर्ताको गोपनीयता, डाटा माइनिङ, नियमन तथा क्याम्ब्रिज एनालिटिका लगायतका विषयमा अमेरिकी सिनेट र न्यायीक समितिका सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ दिएका थिए।
  • उक्त सुनुवाई पाँच घण्टा चलेको थियो।

काठमाडौं : प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोगको आरोप खेपिरहेको सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्गले मंगलबार पहिलोपटक अमेरिकी संसदको सामना गरेका छन्।

जुकरबर्गले प्रयोगकर्ताको गोपनीयता, डाटा माइनिङ, नियमन तथा क्याम्ब्रिज एनालिटिका लगायतका विषयमा अमेरिकी सिनेट र न्यायीक समितिका सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ दिएका थिए। उक्त सुनुवाई पाँच घण्टा चलेको थियो।

लाखौं फेसबुक प्रयोगकर्ताको विवरण एउटा राजनीतिक परामर्शदाता कम्पनी एनालिटिकाले प्रयोग गरिरहेको भेटिएपछि फेसबुक विवादमा तानिएको छ। राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत तरिकाले फेसबुक प्रयोगकर्ताको सूचना लिएको तथ्य सार्वजनिक भएपछि उनलाई अमेरिकी सिनेटले बयान लिएको हो।

जुकरबर्गले फेसबुकमा सेयर गरेका सूचनाहरू कसरी प्रयोग गरिन्छ भन्नेमा प्रयोगकर्तालाई स्पष्ट जानकारी दिनुपर्नेमा आफू विश्वस्त रहेको बताए। ‘त्यसैले हरेक पटक तपाईँ फेसबुकमा चाहे फोटो सेयर गर्नुस् वा म्यासेज नै, त्यहाँ कोसँग सेयर गर्ने भनेर कन्ट्रोलको अप्सन राखिएको छ’, उनले भने, ‘तपाईँ त्यो जुनसुकै बेला परिवर्तन गर्न सक्नुहुन्छ।’  उनले लामो प्राइभेसी पोलिसी (गोपनीयता नीति) बनाउँदा मानिसहरूले नपढ्ने भएकोले बुझिने गरी फेसबुकले प्राइभेसी पोलिसी बनाएको जिकिर गरे।

एक सिनेटरले जुकरबर्गलाई व्यक्तिगत प्रश्न सोधे। ‘तपाईँ हिजो राति कुन होटेलमा बस्नुभएको थियो भन्न सक्नुहुन्छ?’, उनको प्रश्न थियो।

‘म सार्वजनिक रुपमा भन्न चाहन्न’, जुकरबर्गको जवाफ थियो, ‘मलाई लाग्छ हरेक व्यक्तिले आफ्नो सूचना कसरी प्रयोग भइरहेको छ भन्नेमा नियन्त्रण राख्नुपर्छ।’

 

जुकरबर्गले क्याम्ब्रिज एनालिटिका नामक कम्पनीले फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण प्रयोग गरिरहेको बारे बेलैमा उसलाई बन्द गर्न नसकेको स्वीकार गरे। ‘हामीले उनीहरूको कुरा पत्यायौँ र केस सकियो भन्ठान्यौँ’, उनले भने, ‘हामीले अहिले हाम्रो नीति परिवर्तन गरेका छौँ र पुनः यस्तो कमजोरी हुन नदिने विश्वास दिलाउन चाहन्छौँ।’

फेसबुकले विज्ञापनकर्तालाई प्रयोगकर्ताको विवरण विक्री गर्छ भन्ने गलत मानसिकता रहेको बताए। ‘हामी त्यसो गर्दैनौँ। हामी विज्ञापनदाताको लक्षित वर्गसम्म विज्ञापन पुर्‍याउन त्यहीअनुसारको स्थान उपलब्ध गराउने काम मात्र गर्छौँ’, उनले भने, ‘हाम्रो यो व्यावसायिक मोडेलको अपव्याख्या पनि हुने गरेको छ।’

उनले आफू नियमन हुनै हुँदैन भन्ने पक्षमा नरहेको बताए। ‘इन्टरनेट मानव जीवनको महत्वपूर्ण पाटो बनिसकेको छ, त्यसैले नियमन हुनुपर्छ कि पर्दैन भन्दा पनि सही नियमन के हो भन्ने बास्तविक प्रश्न हो भन्ने मलाई लाग्छ’, उनले भने।

उनले फेसबुकमा हुने कुराका लागि आफू जिम्मेवार भएको बताए। प्रयोगकर्ताको तथ्यांक तथा व्यक्तिगत विवरणको दुरुपयोगमा पनि आफू नै जिम्मेवार रहेको उनको भनाई थियो। ‘यो मेरो गल्ती थियो, म माफी माग्छु’, उनले भने, ‘मैले फेसबुक बनाएँ र चलाएँ। यसमा जे हुन्छ, त्यसका लागि म नै जिम्मेवार हो।’

उनले झूठा समाचार, निर्वाचनमा वैदेशिक हस्तक्षेप, कसैप्रति द्वेष फैलाउने सामग्री र तथ्याकंक नीतिसम्ब्नधमा काम गर्न धेरै बाँकी रहेको स्वीकार गरे।

राजनीतिक लाभका लागि क्याम्ब्रिज एनालिटिकाले पाँच करोड फेसबुक प्रयोगकर्ताको विवरण लिएको र ती विवरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा प्रयोग गरेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले संविधान, देउवाले विधान मिचिरहनुभएको छ : डा. शेखर कोइराला
ओलीले संविधान, देउवाले विधान मिचिरहनुभएको छ : डा. शेखर कोइराला
विजय तिमिल्सिनाले गरे काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घाेषणा
विजय तिमिल्सिनाले गरे काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घाेषणा
चाडपर्वमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री थापाको निर्देशन
नक्कली भिडियो नचिनेर वामदेवजीले मेरो राजीनामा माग्नुभयो : ओली
नक्कली भिडियो नचिनेर वामदेवजीले मेरो राजीनामा माग्नुभयो : ओली
लकडाउनको तेस्रो दिनः धुम्बाराहीस्थित तरकारी बजारमा बढ्यो आयात
लकडाउनको तेस्रो दिनः धुम्बाराहीस्थित तरकारी बजारमा बढ्यो आयात
उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन
उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन
प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै
प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
वीर अस्पतालको उपकुलपतिका लागि को – को छन् दाैडमा ?
वीर अस्पतालको उपकुलपतिका लागि को – को छन् दाैडमा ?
कुमारी बैंकले संस्थापक सेयर लिलामी बिक्री गर्ने
कुमारी बैंकले संस्थापक सेयर लिलामी बिक्री गर्ने

तपाईंले छुटाउनुभयो कि?