पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा
सारांश
- काठमाडौं।
- नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने भएको छ।
- निगमले मासिक १ अर्ब २७ करोड घाटाको अवस्थाबारे जानकारी गराउँदै मूल्य नघटाउने जनाएको हो।
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने भएको छ। निगमले मासिक १ अर्ब २७ करोड घाटाको अवस्थाबारे जानकारी गराउँदै मूल्य नघटाउने जनाएको हो।
निगमका अनुसार पछिल्लो मूल्यसूची बमोजिम डिजेलमा प्रतिलिटर ९ रुपैयाँ २७ पैसा, एलपी ग्याँस प्रति सिलिण्डर ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको उल्लेख छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा र मट्टितेल तथा हवाई इन्धनमा केही मात्र नाफा रहेको उल्लेख छ।
अझै १ अर्ब २७ करोड मासिक घाटा भएकाले मूल्य हाललाई यथावत् राख्नुपर्ने वाध्यात्मक अवस्था निगमसामु रहेको आज एक विज्ञप्तिमार्फत् भनिएको छ।
इण्डियन आयल कर्पोरेशनलाई वक्यौता रकम अझै २३ अर्ब तिर्न बाँकी रहेको उल्लेख छ। यसबाहेक नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण प्राप्त भएको निगमले जनाएको छ ।
प्रतिक्रिया