अयोग्य हठर्याइएका शरिफकी श्रीमती लाहोरको संसद सदस्यमा विजयी
सारांश
- इस्लामावाद: पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमतीले लाहोरमा भएको संसदको उपनिर्वाचनमा विजय हासिल गरेकी छिन् ।
- पाकिस्तानको सर्वोच्च अदालतबाट गत जुलाइमा सांसद पद सम्हाल्न समेत अयोग्य ठहर गरी हटाइएका यहाँका वरिष्ठ राजनीतिज्ञ शरिफकी श्रीमतीले उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिए ।
- सोमबार बिहान सार्वजनिक गरिएको अनौपचारिक नतिजाअनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार मत बढी ल्याए।
इस्लामावाद: पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमतीले लाहोरमा भएको संसदको उपनिर्वाचनमा विजय हासिल गरेकी छिन् । पाकिस्तानको सर्वोच्च अदालतबाट गत जुलाइमा सांसद पद सम्हाल्न समेत अयोग्य ठहर गरी हटाइएका यहाँका वरिष्ठ राजनीतिज्ञ शरिफकी श्रीमतीले उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिए ।
सोमबार बिहान सार्वजनिक गरिएको अनौपचारिक नतिजाअनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार मत बढी ल्याए। लाहोरका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उनले ६१ हजार २५४ मत प्राप्त गरेका छन् ।
एक बहुचर्चित भ्रष्टाचारसम्बन्धी मुद्दा, पानामा पेपर्समा हालसालै पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सांसद पद समेत धारण गर्न योग्य नहुने ठहर गरेपछि उनी राजीनामा दिएर बसेका छन् ।
पूर्व प्रधानमन्त्री सरिफको राजीनामापछि नै उक्त निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो । सो चुनावमा सत्तारुढ पीएमएलएन पार्टीबाटै उठेर उहाँले सो बिजय हासिल गरेका हुन्।कुलसुम हाल क्यान्सर रोगबाट पीडित हुन्। उनी लन्डनको एक अस्पतालमा उपचाररत छिन् ।
आफूले विजय हासिल गरेको खबर थाहा पाएपछि कुलसुमले आफूलाई मतदिने मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका उनकी छोरी मारयाम शरिफले विज्ञप्तिमार्फत जानकारी दिए ।
उक्त विजयपछि पाकिस्तानको सत्तारुढ दल पिएमएलएनले चुनावी नतिजाले नवाज शरिफलाई भ्रष्टाचारको मुद्दामा राजनीतिक षड्यन्त्रको शिकार बनाइएको पुष्टि गरेको प्रतिक्रिया दिएको छ ।
प्रतिक्रिया