अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ
सारांश
- काठमाडौं, १९ माघ ।
- अरुलाई पक्राउ गर्ने जिम्मा पाएका प्रहरी आफै अवैध सुनसहित पक्राउ परेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।
- तर, अचम्म मान्नु पर्दैन ।
काठमाडौं, १९ माघ । अरुलाई पक्राउ गर्ने जिम्मा पाएका प्रहरी आफै अवैध सुनसहित पक्राउ परेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, अचम्म मान्नु पर्दैन । नेपाल प्रहरीका एकजना असई २० किलो अवैध सुनसहित पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत असई कुलबहादुर राईलाई २० किलो अवैध सुनसहित पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित उनकै डेराबाट पक्राउ गरेको महाशाखा प्रमुख दिवेश लोहनीले जानकारी दिएका छन् ।
सुन कसको हो भन्ने यो समाचार तयार पार्दासम्म खुलेको छैन । राईमाथि थप अनुसन्धान जारी रहेको लोहनीले जानकारी दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया