विहेका लागि दीपिका र रणवीर इटालीमा
सारांश
- विहेका लागि दीपिका पादुकोण र रणवीर सिंह इटाली गएका छन् ।
- शुक्रबार राती मुम्बई एयरपोर्टबाट इटाली जाँदै गर्दा उनीहरुलाई फोटोग्राफर तथा प्रशंसकहरुले घेरेका थिए ।
- तर दीपिकाले भने उनीहरुलाई कुनै प्रतिक्रिया नदिई मुस्कान मात्रै दिएर एयरपोर्ट भित्र गइन् ।
विहेका लागि दीपिका पादुकोण र रणवीर सिंह इटाली गएका छन् । शुक्रबार राती मुम्बई एयरपोर्टबाट इटाली जाँदै गर्दा उनीहरुलाई फोटोग्राफर तथा प्रशंसकहरुले घेरेका थिए । तर दीपिकाले भने उनीहरुलाई कुनै प्रतिक्रिया नदिई मुस्कान मात्रै दिएर एयरपोर्ट भित्र गइन् । तर रणवीरको एक्साइटमेन्ट भने हेर्न लायककै थियो । निकै उत्साहित देखिएका रणवीरले फोटोग्राफरहरुलाई पोज मात्रै दिएनन्, दर्शकतिर फर्किएर प्लाइंग किस पनि दिए ।
एयरपोर्टमा दीपिका र रणवीर छुट्टा छुट्टै कारमा आएका थिए । कारमा दीपिका एक्लै देखिएकी थिइन् । तर रणवीर भने बहिनी र आमाबाबुका साथ देखिएका थिए । इटालीमा विहे गर्न लागेका रणवीर र दीपिकाले विहेको कार्यक्रम नोभेम्बर १४ । १५ मा राखेका छन् । दीपिका दक्षिणी भारतीय भएकाले १४ नोभेम्बरमा दक्षिणी भारतीय परम्परा र रणवीर पञ्जावी भएकाले १५ नोभेम्बरमा पञ्जावी परम्परा अनुसार गरिने बताइएको छ । इटालीमा विहेको कार्यक्रम सम्पन्न भए पछि मुम्बईमा डिसेम्बर १ मा रिसेप्सन राखिएको छ ।
प्रतिक्रिया