अर्थमन्त्रीमा खतिवडा पुनःनियुक्त
सारांश
- काठमाडौं।
- राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थमन्त्रीमा डा युवराज खतिवडालाई पुनःनियुक्त गरेकी छन्।
- राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थमन्त्रीमा डा युवराज खतिवडालाई पुनःनियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए।
राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार मात्र उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए।
राष्ट्रपति भण्डारीले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत तोकेकी छन्। नवनियुक्त अर्थमन्त्री खतिवडालाई आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया