अर्थाभावका कारण दलित समुदायका बालबालिका पढ्न पाएनन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
अर्थाभावका कारण दलित समुदायका बालबालिका पढ्न पाएनन्

सारांश

  • ठुलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आउनुभएको छ ।
  • उहाँले दैनिक एक भारी दाउरा बिक्री गरेर रु ५०० कमाउँदै आउनुभएको छ ।
  • बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउराको भारी बोकेर दुनैस्थित होटलमा रु ५०० मा बिक्री गर्दै आएको उहाँको भनाइ छ ।

ठुलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आउनुभएको छ । उहाँले दैनिक एक भारी दाउरा बिक्री गरेर रु ५०० कमाउँदै आउनुभएको छ ।

बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउराको भारी बोकेर दुनैस्थित होटलमा रु ५०० मा बिक्री गर्दै आएको उहाँको भनाइ छ । उहाँजस्तै अर्की शोभा विक पनि दैनिक दाउरा बेचेर घर खर्च चलाउँदै आएको बताउनुहुन्छ । चार छोराछोरीकी आमा उहाँ दैनिक दाउरा बिक्री नगरे घर खर्च चलाउन मुस्किल हुने बताउनुहुन्छ । अर्का कुम्लीकर्पका धनीराम मिजार विगत ३२ वर्षदेखि आरनको काम गर्दै आउनुभएको छ । दुनैका अधिकांश होटलहरुमा पाक्ने खाना कुम्लीकर्पका दलित समुदायका महिलाले बिक्री गरेको दाउराको भरमा चल्ने गरेको छ ।

घर नजिकैका विद्यालयमा कक्षा ५ सम्म मात्र पढाइ हुन्छ । सो भन्दा माथि यहाँका कुनै बालबालिकाले पढ्न नपाएको मन्मा आधारभूत विद्यालयका प्रधानाध्यापक जयकृष्ण हमालले जानकारी दिनुभयो । सुन्दर आधारभूत, मन्मा आधारभूत र महादेव आधारभूत गरी तीन विद्यालय छन् । तर, विद्यार्थी भने कम हुँदा समस्या हुँदै आएको छ । मावि तह सञ्चालन नभएको सो बस्तीमा अर्थाभावका कारण यहाँका दलित समुदायका बालबालिका कक्षा ५ देखि माथि कसैले पढ्न नपाएको हमालले बताउनुभयो ।

दाउरा बोकेर दैनिक घर खर्च टार्ने दलित समुदायका बालबालिका विद्यालयमा समेत कम आउने गरेको उहाँको भनाइ छ । मन्मा आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्दै आएकी असु मिजारका तीन बहिनी छन् । उनका बुबाले आरनको काम र आमाले दाउरा बिक्री गरेर घर खर्च चलाउँदै आउनुभएको छ । आरनको काम र दाउरा बिक्री नभएको दिन उहाँहरुको भान्सामा आगो बाल्न मुस्किल हुने गरेको छ । करीब १२० घर दलित समुदाय रहेको यो ठाउँबाट अहिले बसाइँ सरेर अर्को ठाउँमा जाने गरेको अर्का तुले विकले बताउनुभयो । अप्ठ्यारो ठाउँ, पहिरोको जोखिमका कारण अहिले सुरक्षित स्थानमा यहाँका दलित समुदाय बसाइँ सर्न बाध्य भएको उहाँले बताउनुभयो । बस्ती सर्दा जग्गा र घर निर्माणका लागि अर्थाभाव हुँदा थप समस्या भएको अर्का दलित समुदायका रामबहादुर मिजारले बताउनुभयो ।

यहाँका दलित समुदायको स्तरोन्नतिका लागि स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको गुनासो छ । आरन पेशालाई आधुनिक बनाउनेदेखि अन्य आयआर्जनका पेशामा लगानी गरेर जीवनस्तर बदल्न अहिलेसम्म कुनै काम नभएको यहाँका सबै दलित समुदायको भनाइ छ । आन्तरिक विवादमा फसेको ठुलीभेरी नगरपालिकाले अहिलेसम्म केही सहयोग नगरेको स्थानीयवासीको भनाइ छ । वर्षायाममा यहाँका दलित समुदाय घर छोडेर अर्काको घरमा शरण लिन बाध्य हुनुपरेको छ । जोखिमपूर्ण बस्ती भएका कारण घर छाडेर अर्काको घरमा शरण लिन बाध्य भएको उनीहरुको भनाइ छ ।

सुर्खेत अख्तियारमा शिक्षाका उजुरी बढी
सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा शिक्षा क्षेत्रका उजुरी बढी परेको प्रतिवेदन सार्वजनिक गरिएको छ। आयोगले मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो।

आयोगका कार्यालय प्रमुख ज्ञानराज सुवेदीले सार्वजनिक गर्नुभएको प्रतिवेदनमा आर्थिक वर्ष २०७५र७६ मा कूल ९६३ उजुरी परेको र त्यसमध्ये शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत ३११ (३३ प्रशितश) उजुरी परेको उल्लेख छ। कूल उजुरीमा ५५२ (५७ प्रतिशत) उजुरी फछ्र्योट भएको र ४११ उजुरी अनुसन्धानको क्रममा रहेको कार्यालय प्रमुख सुवेदीले बताए।

“शिक्षक नियुक्ति, दिवाखाजा, भवन निर्माणलगायत विषय समेटिएका शिक्षाका उजुरी सबैभन्दा बढी आएका छन्”, उनले भने, “त्यसपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत २६३ उजुरी परेका थिए।” उनका अनुसार गत आर्थिक वर्षमा वन तथा वातावरणका १०५, ऊर्जा, जलस्रोत तथा सिँचाइका ५७, स्वास्थ्य तथा जनसङ्ख्याका ४८, भौतिक पूर्वाधार तथा यातायातका ४२, खानेपानीका ३६ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत २४ उजुरी परेका थिए।

कूल उजुरीमा सबैभन्दा कम अर्थ मन्त्रालयअन्तर्गत भने एक उजुरी परेको जनाइएको छ। प्रदेश सरकारभन्दा स्थानीय सरकारका विकास गतिविधिमा भएका अनियमितताका उजुरी धेरै परेको प्रमुख सुवेदीको भनाइ छ। जिल्लागतरूपमा सुर्खेतमा २०१, दैलेखमा १६८, जाजरकोटमा १२७, कालिकोटमा ९१, मुगुमा ८२, सल्यानमा ७७, जुम्लामा ७४, रुकुम पश्चिममा ६२, हुम्लामा ४९ र डोल्पामा २८ गरी ९६३ उजुरी परेका थिए।

प्रतिवेदनअनुसार चिठ्ठीपत्रबाट ९२७, इमेलबाट १५, पत्रपत्रिकाबाट १८, फेसबुकबाट दुई र फ्याक्सबाट एक उजुरी परेका थिए। आयोगले फछ्र्योट ५५२ उजुरीमध्ये तामेली १९४, एकीकरणका २२६, लेखी पठाएका ४४, विस्तृत अनुसन्धानका ६६, आयोगको अन्य महाशाखा तथा कार्यालयमा छानबिनका लागि प्रेषित गरेका १९ र अन्य निकायमा पठाएका तीन उजुरीको पनि अभिलेखीकरण गरेको छ।

चार रङ्गेहात पक्राउ, ११ विरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आव २०७५र७६ मा चार जनालाई रङ्गेहात पक्राउ गरेको र ११ जनामाथि आरोपपत्र दायर भएको बताएको छ।

आयोगको सुर्खेतस्थित कार्यालयले इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले रु १५ हजार, चौफा सवडिजिभन वन कार्यालय चौरजहारी रुकुमका फरेष्टर महेन्द्र बिसीले रु सात हजार, शिक्षा विकास समन्वय एकाइ सल्यानका प्रमुख धनबहादुर ओलीले रु २५ हजार र डिभिजन वन कार्यालय कर्णाली प्रदेश सुर्खेतका वन अधिकृत भक्तबहादुर लामाले रु चार लाख घुस लिँदै गरेको आरोपमा रङ्गेहात पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख सुवेदीले बताए।

त्यस्तै, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगञ्ज बाँकेका तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत देवराज भुसाल, कृषि प्राविधिक मोतिप्रसाद न्यौपाने, अदुवा उत्पादन उपआयोजना कृषक समूहका अध्यक्ष रामकुमारी केसी, शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका प्रमुख धनबहादुर ओली, जनता मावि राम्नाकोट खार्दु कालिकोट तत्कालीन प्रधानाध्यापक जयलाल न्यौपानेलगायत ११ जनाविरुद्ध रु ३१ लाख ९२ हजार १५६ बिगो दाबीसहित आरोपपत्र दायर गरिएको अख्यितार सुर्खेतले जनाएको छ।

अख्तियारका अनुसार रु २२ लाख २२ हजार ५२५ असुलउपर गरिएको छ। सीमित जनशक्ति, साधन र स्रोतको प्रयोगले विगत वर्षहरुभन्दा आव २०७५÷७६ मा अख्तियार सुर्खेतले ४४१ स्थलमा अनुसन्धान टोली पुगेर निरीक्षण गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरजु हार्दा धेरैको सपना चट् ?
आरजु हार्दा धेरैको सपना चट् ?
विषादीपरीक्षण नगर्ने निर्णय गरेर सरकारले भारतसामु लम्पसावादी नीति लिएको आरोप 
विषादीपरीक्षण नगर्ने निर्णय गरेर सरकारले भारतसामु लम्पसावादी नीति लिएको आरोप 
संगीतकार कालीप्रसाद रिजालमाथि गीत चोरीको आरोप, उजुरी पनि
संगीतकार कालीप्रसाद रिजालमाथि गीत चोरीको आरोप, उजुरी पनि
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)
झोले र पोके सामान आयातमा प्रतिबन्ध
झोले र पोके सामान आयातमा प्रतिबन्ध
ठाउँमात्र ओगटेर बस्ने प्रथाको अन्त्यका लागि मेरो उम्मेद्वारी : तामाङ
ठाउँमात्र ओगटेर बस्ने प्रथाको अन्त्यका लागि मेरो उम्मेद्वारी : तामाङ
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै
राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै
यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते
यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते
सुटिङ सुरु गरिसकेपछि एक्कासी आमिर खानले आफ्नै छोरालाई हिरो बन्न दिएनन्
सुटिङ सुरु गरिसकेपछि एक्कासी आमिर खानले आफ्नै छोरालाई हिरो बन्न दिएनन्