राष्ट्रपति भारत भ्रमणमा जाँदा-आउँदा दुबै दिन सार्वजनिक विदा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०७४
|
|
३१७ पटक हेरिएको
Shares
राष्ट्रपति भारत भ्रमणमा जाँदा-आउँदा दुबै दिन सार्वजनिक विदा

सारांश

  • सरकारले राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
  • आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै विदाको निर्णय गरेको हो ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित आज भारत भ्रमणमा जाँदैछिन् ।
सरकारले राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै विदाको निर्णय गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित आज भारत भ्रमणमा जाँदैछिन् । राष्ट्रपतिका रुपमा उनको यो पहिलो विदेश भ्रमण हुनेछ ।
विगतमा राजाहरुको विदेश भ्रमणमा निस्कँँदा सार्वजनिक विदा दिने प्रचलन थियो । गणतन्त्र स्थापना पछि यो प्रचलन हट्यो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति विदेश भ्रमणमा जाँदा सार्वजनिक विदा दिइएन ।

तर, अहिले फेरि ‘शाही शैली’मा नै राष्ट्रपतिको विदेश भ्रमणमा विदा दिने निर्णय भएको छ ।
भारतका राष्ट्रपति मुखर्जी गत कात्तिक १७ नेपाल आउँदा पनि प्रचण्ड सरकारले सार्बजनिक विदा दिएको थियो, जसको जनस्तरबाट चर्को आलोचना भएको थियो ।

राष्ट्रपतिको यो भ्रमण राजकीय हो । ३४ सदस्यीय भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत छन् ।
राष्ट्रपति भण्डारीले भारत बसाईको क्रममा समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्नेछिन् । उनले गुजरात र उडिसा राज्यको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारी शुक्रबार स्वेदश फर्कने छिन् । र, त्यो दिन पनि सार्वजनिक विदा हुने छ |
मुखर्जी नेपाल आउँदा भारतमा भने विदा थिएन। भारत, अमेरिका लगायतका देशमा राष्ट्रपति बाहिर जाँदा वा अन्य देशको राष्ट्रपति आउँदा विदा दिने चलन छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?