मन्त्री बन्न दौडधुप सुरु, कसको कति सम्भावना ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १३, २०७७
|
|
२५ पटक हेरिएको
Shares
मन्त्री बन्न दौडधुप सुरु, कसको कति सम्भावना ?

सारांश

  • राष्ट्रियसभा सांसदमा मनोनित नभए अर्थमन्त्री डा.
  • युवराज खतिवडा १९ भाद्रबाट स्वतः पदमुक्त हुनेछन् ।
  • सांसद नभएपनि छ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था बमोजिम पदमा रहेका थिए ।

राष्ट्रियसभा सांसदमा मनोनित नभए अर्थमन्त्री डा. युवराज खतिवडा १९ भाद्रबाट स्वतः पदमुक्त हुनेछन् । सांसद नभएपनि छ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था बमोजिम पदमा रहेका थिए । मनोनित सांसदमा उनको सम्भावना लगभग नभएपछि नयाँ अर्थमन्त्रीका लागि नेकपाभित्र दौडधुप चलेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो हप्ता मन्त्रिमण्डल पुर्नगठन गर्दैछन् । त्यसबेला अर्थमन्त्रीमा नयाँ व्यक्तिको चयन हुने बुझिएको छ । अर्थमन्त्रीका लागि सबैभन्दा अगाडि सुरेन्द्र पाण्डे छन् । उनी नेकपा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल दुवैका प्रीय मानिन्छन् । पाण्डे यसअघि पनि अर्थमन्त्री बनेका थिए । तर, ओलीले उनलाई महत्वपूर्ण मन्त्रालयमा पत्याइहाल्ने सम्भावना नरहन सक्छ ।

ओलीनिकटका महासचिव विष्णु पौडेल पनि मन्त्रीको दौडमा छन् । उनी मन्त्री नबन्ने चर्चा चलेपनि महत्वपूर्ण मन्त्रालय पाएमा बढ्ने तयारीमा छन् । उपप्रधानमन्त्रीसहित अर्थको जिम्मेवारी लिन बामदेव गौतमलाई पनि भनिएको छ । गौतम राष्ट्रियसभा सांसद मनोनित भएमा मात्र त्यो सम्भावना रहन सक्छ । त्यसमा पनि ओलीले उनलाई पत्याउनुपर्छ । गौतमले भने गृहमन्त्रीमा इच्छा देखाएका छन् ।

अर्थमा ओलीका प्रीय मानिने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको पनि सम्भावना छ । उनी मुख्यमन्त्री छाडेर सरकारमा जाने चर्चा चलिरहेको छ ।

ओलीले डा. खतिवडालाई नै कुनै तरिका अपनाएर निरन्तरता दिने चर्चा पनि चलेको छ । उनलाई राष्ट्रियसभामा ल्याउने सम्भावना अझै टरेको छैन । तर, नेकपा विवाद मिलाउन सांसद पद बामदेवलाई दिनुपर्ने वाध्यात्मक अवस्थाले सम्भावना क्षीण भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली जनताका नायक स्वर्गीय  मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
नेपाली जनताका नायक स्वर्गीय मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता
३३ किलाे सुन प्रकरण: कहाँ लुकेका थिए एसएसपी खत्री?
३३ किलाे सुन प्रकरण: कहाँ लुकेका थिए एसएसपी खत्री?
जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन : पूर्वसभामुख नेम्वाङ
जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन : पूर्वसभामुख नेम्वाङ
उपचारका लागि आपूर्तिमन्त्री थाइल्याण्ड जाँदै !
उपचारका लागि आपूर्तिमन्त्री थाइल्याण्ड जाँदै !
मनास्लुमा फेरी गयो हिमपहिरो, एक जनाको मृत्यु
मनास्लुमा फेरी गयो हिमपहिरो, एक जनाको मृत्यु
मौन अवधिमा नोट दिएर भोट माँग्न उम्मेद्धवारहरु व्यस्त
मौन अवधिमा नोट दिएर भोट माँग्न उम्मेद्धवारहरु व्यस्त
सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रीपरिषद्बाट स्वीकृति
सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रीपरिषद्बाट स्वीकृति
गणतन्त्र दिवस भव्यताका साथ मनाइने
गणतन्त्र दिवस भव्यताका साथ मनाइने
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती

तपाईंले छुटाउनुभयो कि?