अलविदा आत्मिय पत्रकार मित्र कर्ण बोहोराजी…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १४, २०७३
|
|
१७८ पटक हेरिएको
Shares
अलविदा आत्मिय पत्रकार मित्र कर्ण बोहोराजी…

सारांश

  • बिचित्र छ सन्सार!
  • कहाली लाग्दो छ कथा!
  • !

बिचित्र छ सन्सार! कहाली लाग्दो छ कथा!! अनि आर्तनाद र दर्दनाक छ भोगाइ हरेक पात्रहरुको!!!
पढेको थिए कुनै कथामा, हेरेको थिए कतै पर्दामा । तर, कसैको वास्तविक जीवनमा यतिधेरै दर्दनाक पीडा देखेको थिइँन । यो तस्बिर पत्रकार कर्ण बोहोरालाई उहाँको आमाले पशुपति आर्यघाटमा अन्तिम बिदाई गरिरहनुभएको तस्बिर हो । जसले यो छोरो (कर्णजी) जन्मिनु तीनमहिना अघि नै जीवनसाथी गुमाउनुभयो । उहाँको जीवनसाथीलाई डाकाले हत्या गरीदिए । यसपछि छोरा र बुहारी गुमाउनुभयो । आज फेरि अर्को छोरालाई यसरी बिदाई गर्नुपर्यो । बुहारी दुइवटै मृगौला काम नलाग्ने भएर अस्पतालको सैंयामा छटपटिरहनुभएको छ । हामीसँग उहाँलाई सम्झाउने कुनै शब्द नै थिएन । उहाँले जस्तै आँशु झार्नु बाहेक ।
खै के लेखौ ? खै के भनाैं ?? मन भारी भएकाे छ । यति भनौं, प्रिय कर्णजी अलविदा !!

प्रस्तुति: समिप गौतम
शिखरन्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ