असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँ : नेता सिंह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २८, २०७९
|
|
२० पटक हेरिएको
Shares
असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँ : नेता सिंह

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपनिर्वाचन नजिकै आइसकेकाले असन्तुष्टि थाँती राखेर एकढिक्का हुनुपर्नेमा जोड दिएका छन्।
  • आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईको चुनाव प्रचारका लागि पुगेका सिंहले आज डुम्रेमा आयोजित कार्यकर्ता भेटघाटमा हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपनिर्वाचन नजिकै आइसकेकाले असन्तुष्टि थाँती राखेर एकढिक्का हुनुपर्नेमा जोड दिएका छन्।

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईको चुनाव प्रचारका लागि पुगेका सिंहले आज डुम्रेमा आयोजित कार्यकर्ता भेटघाटमा हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

उनले भने, ‘हरेक पार्टीमा असन्तुष्टि होला, चुनाव मुखैमा आइसक्यो । अरु कुरालाई पछि सम्बोधन गरौँला । गठबन्धनका नेताहरू इमान्दार भएर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।’ नेता सिंहले गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताए ।

‘गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, अनि गठबन्धनका उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ’, उनले भने । पुराना दलले केही गर्न सकेन भनेर जन्मिएका नयाँ दलले पनि केही गर्न नसकेको सिंहको भनाइ थियो । ‘बोल्नका लागि नारा दिन सजिलो छ, काम गरेर देखाउन गाह्रो छ, नयाँ दलले पनि केही गर्न नसकेको त देखिहालियो नि’, उनले भने । नेता सिंहले वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको बताए।

संविधानको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गर्नका लागि गठबन्धन बनेको उनको भनाइ थियो । उम्मेदवार भट्टराईले चुनाव जितेपछि गठबन्धन सरकारमा प्रतिनिधित्व गर्नसक्ने नेता सिंहले बताए। ‘अहिले गठबन्धनको सरकार छ, उहाँले जितेर आएपछि सरकारमा प्रतिनिधित्व नगर्ला भन्न सकिँदैन, तनहुँ जिल्लाले सधैँ सरकारमा जिम्मेवारी पाइरहेको छ’, उनले भने ।

भाषण दिने नेता चाहिएको हो की काम गर्ने नेता चाहिएको हो जनताले मूल्याङ्कन गर्नुपर्नेमा उनको जोड थियो । ‘गोविन्दजी त यहाँका जनताको हरेक सुखदुःखमा काम गरेको मान्छे हो, पाँच वर्षमा आएर भाषण गर्ने नेता चाहियो की काम गर्ने नेता चाहियो त्यसको मूल्याङ्कन हुनुपर्छ’, नेता सिंहले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलवा नगरपालिका ८ मा समाजवादी पार्टी विजयी
बलवा नगरपालिका ८ मा समाजवादी पार्टी विजयी
किन धुरुधुरु रोए डाक्टर गोविन्द केसी!
किन धुरुधुरु रोए डाक्टर गोविन्द केसी!
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
अमेरिका,कोरिया बैठकका लागि उपयुक्त ठाउँको खोजी
अमेरिका,कोरिया बैठकका लागि उपयुक्त ठाउँको खोजी
डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
युवासंघको सम्पुर्ण शक्ति उद्दार र राहतमा जुट्ने .  (फोटोफिचर)
युवासंघको सम्पुर्ण शक्ति उद्दार र राहतमा जुट्ने . (फोटोफिचर)
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
फोहर व्यवस्थापन गर्ने काम महानगर को हैन रे ?
फोहर व्यवस्थापन गर्ने काम महानगर को हैन रे ?
बुधबार यस्तो छ तपाईंको राशिफल
बुधबार यस्तो छ तपाईंको राशिफल
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

तपाईंले छुटाउनुभयो कि?