गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?

सारांश

  • काठमाडौँ, १० मंसिर ।
  • गर्भ भाडामा लगाउनको लागि नेपालमा कुनै पनि कानुनी व्यवस्था छैन।
  • कानुनले गर्भ भाडामा लगाएर अरुको बच्चा जन्माउनको लागि कानुन नभएता पनि कानुनले रोकेको भने छैन।

काठमाडौँ, १० मंसिर । गर्भ भाडामा लगाउनको लागि नेपालमा कुनै पनि कानुनी व्यवस्था छैन। कानुनले गर्भ भाडामा लगाएर अरुको बच्चा जन्माउनको लागि कानुन नभएता पनि कानुनले रोकेको भने छैन। भाडाका आमाबाट सन्तान जन्माउने पद्धति सरोगेट मदरलाई व्यवस्थित गर्नको लागि असोज २ गते बसेको मन्त्रिपरिषदको बैठकले भनिसकेको छ।

निकट भविष्यमा सरोगेट मदरलाई कानुनी रुपमै व्यवस्थित गरिने भएको छ। नेपालमा पनि भाडाकी आमा (सेरोगेसी मदर) बढ्न थालेको छ। विदेशी पुरुषसँग पैसा लिएर गर्भवती बनिदिने नेपाली महिला र युवतीहरुको संख्या बढ्न थालेको धेरैले आकलन गर्न थालेका छन्।

पश्चिमा मुलुकमा आफ्नो गर्भ भाडामा लगाए वापत महिलाहरुले १ लाख ५० हजार डलर सम्म पाउने गरेका छन्। तर नेपालमा भने मात्रै ६ हजार डलरसम्म गर्भभाडामा पाइने हुँदा विदेशीहरुको नेपाल आकर्षणको केन्द्र बनेको केहिको बुझाइ रहेको छ।

भारतीय, पाकिस्तानी र केही युरोपियन पुरुषका लागि नेपाली युवती गर्भवती बन्ने गरेको बताउने गरिन्छ। यसरी पैसामा अरुको लागि बच्चा जन्माइदिने कार्यको लागि नाम चलेकै युवतीहरु पनि अन्य देशमा पुग्ने गरेको केहिको बुझाइ छ।

विदेशी नागरिकसँग मोटो रकम लिने मात्र नभई युरोप,अमेरिकातिर बस्नको लागि कानुनी सहयोग गरिदिने सर्तमा नेपाली युवतीहरु गर्भवती बनिदिने गरेका छन्। भाडा लिएर आम बन्नको लागि अहिले कानुन व्यवस्थित हुने क्रममा रहेको छ। विवादबीच पारित भइसकेको उक्त कानुनले सेरोगेसी मदर बन्नको लागि मापदण्डहरु निर्धारण गर्ने बुझिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?