असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
३२ पटक हेरिएको
Shares
असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली

सारांश

  • काठमाडौं।
  • आर्थिक वर्षको अन्तमा काम शुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु प्रभावित भएका छन्।
  • राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवास–वाग्मती–बिपी चोक सडकको वाग्मती–भद्रवास खण्ड असार पहिलो साता काम शुरु गर्दा अलपत्र बनेको हो।

काठमाडौं। आर्थिक वर्षको अन्तमा काम शुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु प्रभावित भएका छन्।राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवास–वाग्मती–बिपी चोक सडकको वाग्मती–भद्रवास खण्ड असार पहिलो साता काम शुरु गर्दा अलपत्र बनेको हो। दुईतिर पर्खाल लगाइएको करीब ४७१ मिटर सडकको दूरावस्थाका कारण सवारी चल्न सक्ने अवस्था छैन।

सडकमा हिलो भएपछि पैदल यात्रु पनि हालै लगाइएको पर्खाल माथिबाट मात्र हिँड्न सक्छन्। पर्खालको चौडाइका कारण एकातिरबाट मात्र पैदल हिँड्न सकिन्छ। एकतिरको पर्खालबाट पैदल यात्रु आउजाउ गर्दा खस्न सक्ने समस्या हुने गरेको छ।

बिपी चोकबाट मोटरसाइकल लगायत सवारीसाधन लिएर जानेले वाग्मती पुलमाथि राखेर हिँड्नुपर्छ। भद्रवासबाट मोटरसाइकललगायत सवारीसाधन लिएर आउनेले भद्रवासको आदर्श माध्यमिक विद्यालय नजिकै राख्नुपर्ने बाध्यता छ। विद्यालय अघिको सडक पनि हिलोले जीर्ण छ। बनाउन नगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान सकेको छैन।

यो सडकबाट साँखु र भक्तपुरको चाँगुनारायण जान यस क्षेत्रका मानिसलाई सहज हुन्छ। स्थानीयवासी कृष्णदेव पुडासैनी आर्थिक वर्षको अन्त्यमा रकमान्तर भई आएको बजेटले हतारमा काम गर्दा सम्पन्न हुन नसकेको बताउँछन्।

पर्खाल लगाएको एक महीनामा केही ठाउँमा भत्किएको छ। आर्थिक वर्षको अन्त्यमा बजेट आएर बनाइएको भनिएको सडकमा कतै पनि आयोजनासम्बन्धी सूचना राखिएको छैन। हतारमा सडक बनाइएकाले प्राविधिक अध्ययनसमेत नगरिएको स्थानीयवासीको भनाइ छ।

स्थानीयवासी हरिकृष्ण श्रेष्ठ प्राविधिक अध्ययन नगरी सडकको दायाँबायाँ पर्खाल लगाउँदा कहिले डुबानमा नपर्ने बलौटे माटो भएको खेतसमेत जलमग्न भएको बताउँछन्। यस क्षेत्रको वाग्मतीको फाँटमा अझै पनि धेरै खेती भइरहेको छ। पर्खाल लगाएपछि यस वर्ष लगाइएको मकैसमेत राम्रो उत्पादन भएन। धान पनि नफल्ने किसानको चिन्ता छ। जग्गा प्लटिङ गराउने उद्देश्यले मिलेमतोमा रातारात पर्खाल लगाएको पीडित कृषकको गुनासो छ।

खेतको बीचमा यसै वर्ष बनाइएको घर पनि महीनौँदेखि डुबानमा परेको छ । कुनै सवारी सडक पार गर्न खोजे हिलोमा फस्ने गरेका छन्। निकाल्न डोजर बोलाउनुपर्छ। यो सडक पार गर्ने यात्रु असारे विकासको परिणाम स्वरुप यस्तो भएको बताउँछन्। यात्रु शर्मिला नगरकोटी विकासका नाममा जनतालाई दुःख दिने काम भएको बताउँछन्।

कागेश्वरी मनोहरा नगरपालिका–३ मा यो सडक पर्छ। वडा अध्यक्ष राममणि पुडासैनी तीन वटा उपभोक्ता समिति बनाएर ४७१ मिटर सडकमा पर्खाल लगाइएको बताउँछन्।

“काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँबाट रु एक करोड ५० लाखमा यो योजना सञ्चालन गरिएको हो, यो बजेटबाट साउनेमूलतिर पनि पर्खाल लगाउन रु १५ लाख खर्च गरियो”, उनले भने। पर्खाल लगाउनु अघि धेरैतिरबाट निकास गएर डुबानमा पर्ने समस्या नहुने गरेको वडाध्यक्ष पुडासैनीले स्वीकार गरे।

आवको अन्त्यमा ठेक्का लगाउने समय नभएकाले ४७१ मिटर सडकमा पर्खाल लगाउन तीन वटा उपभोक्ता समिति बनाउन बाध्य हुनुपरेको वडा कार्यालयले जनाएको छ।

रुपेन्द्र पुडासैनी, सुरज पुडासैनी र शालिकराम पुडासैनी गरी तीन जनालाई तीन उपभोक्ता समितिको अध्यक्ष बनाइएको वडा सदस्य बद्री पुडासैनीले जानकारी दिए। तीन वटा उपभोक्ता समिति बनाइए पनि काम भने ओखलढुङ्गातिरको निर्माण व्यवसायी ल्याएर गरिएको स्थानीयवासीले सुनाए।

आवको अन्त्यमा आएको बजेट खर्च गर्न सार्वजनिक खरीद ऐन र नियमावलीको प्रावधान विपरीत रु एक करोडभन्दा माथिको योजना पनि तीन वटा उपभोक्ता समिति गठन गरेर सम्पन्न गरी कागजात बनाइएको हो। वडा कार्यालयले काम सम्पन्न भएको दाबी गरेपनि सडक अलपत्र छ । सवारी पास हुँदैन । पैदल यात्रु पर्खालबाट तल झरेर हिँड्न सक्दैनन्।

दुईतिरको पर्खालले पानी पास नहुँदा यस क्षेत्रको धान खेतीमा प्रभाव परेको स्थानीयवासी श्रेष्ठको गुनासो छ। प्राधिकरणका इञ्जिनीयर रञ्जन सिलवाल अर्थ मन्त्रालयका सचिवलाई पटकपटक आवको अन्त्यमा बजेट नपठाउनुस्भन्दा पनि पठाएर हतारमा काम गराएको स्वीकार गर्छन्।

“अर्थ मन्त्रालयका एक सहसचिवको रुचिमा यहाँ बजेट आएको हो, बजेट डिमार्केशन बाल लगाउन आएको हो, त्यो काम राम्रोसँग सम्पन्न भएको छ”, उनको दाबी थियो। प्राविधिक रुपले पर्खाल बनाउन उपयुक्त छ छैन भन्ने अध्ययन नभई रातारात आएको पैसा सिध्याउँदा गुणस्तरीय काम नभई बालुवामा पानी हाले जसरी बजेट सकिएको स्थानीय पीडितको गुनासो छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीमा ‘प्रचण्ड’काे २० किलाे चामल प्रख्यात !
कर्णालीमा ‘प्रचण्ड’काे २० किलाे चामल प्रख्यात !
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
दुईवटा वडा कार्यालयमा आगजनी
दुईवटा वडा कार्यालयमा आगजनी
भारतको सारनाथमा सम्राट अशोक दिवस सम्पन्न, नेपालका तपस्सी धम्म प्रमुख अतिथि
भारतको सारनाथमा सम्राट अशोक दिवस सम्पन्न, नेपालका तपस्सी धम्म प्रमुख अतिथि
जंगिदै ओलीले भने ‘एमाले कुडा कर्कट जम्मा गर्ने पार्टी होइन’
रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा
रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा
पद जोगाउन होइन देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको छु: प्रधानमन्त्री ओली
पद जोगाउन होइन देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको छु: प्रधानमन्त्री ओली
ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै
ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै
‘यो मेरो प्यासन हो: कामीरिता
‘यो मेरो प्यासन हो: कामीरिता
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

तपाईंले छुटाउनुभयो कि?