एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट लाभांश पारित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
१८ पटक हेरिएको
Shares
एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट लाभांश पारित

सारांश

  • काठमाडौं ।
  • एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
  • साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७९/८० का लागि १० ५ बोनस शेयर र १०.५३ ५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि श्री एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?