असिना पानीले धानवाली नष्ट, काठमाडौंमा पार्कको पर्खाल ढल्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२० पटक हेरिएको
Shares
असिना पानीले धानवाली नष्ट, काठमाडौंमा पार्कको पर्खाल ढल्यो

सारांश

  • काठमाडौं १२ कार्तिक।
  • शनिबार राति हावाहुरी परेको असिना पानीले राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा पुर्‍याएको क्षतिको विवरण प्राप्त हुन थालेको छ।
  • काठमाडौं उपत्यका र त्यसको आपसापका पहाडी जिल्लाहरुमा शनिबार राति परेको असिनाले काट्न लागिएको धानवाली र तरकारी नष्ट पारेको छ ।

काठमाडौं १२ कार्तिक। शनिबार राति हावाहुरी परेको असिना पानीले राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा पुर्‍याएको क्षतिको विवरण प्राप्त हुन थालेको छ। काठमाडौं उपत्यका र त्यसको आपसापका पहाडी जिल्लाहरुमा शनिबार राति परेको असिनाले काट्न लागिएको धानवाली र तरकारी नष्ट पारेको छ । धादिङ र सिन्धुपाल्चोकमा हावाहुरी र पानीसँग परेको असिनाको कारण धान नष्ट भएको छ।

धादिङको नेत्रवती गाउँपालिकाको कटुन्जे र मार्पका र गंगाजमुना गाउँपालिका र सदरमुकाम नीलकण्ठ नगरपालिकाका केही स्थानको शनिबार असिना पानी परेको थियो ।

राजधानीको सिफलमा पार्कको पर्खाल भत्किदा दुई वटा मोटरमा क्षति पुगेको छ । ‘सामान्य क्षति भएको एउटा मोटरलाई भने बाहिर निकालिएको छ’ स्थानीय बासिन्दा सुनिल देवकोटाले शिखरन्युजलाई बताए, ‘पुरानो संरचनामाथि नयाँ पर्खाल बनाउँदा संरचना थेग्न नसकेर ढलेको जस्तो देखिन्छ ।’

काठमाडौंको महाराजगञ्ज, बाँसवारी, बुढानीलकण्ठ, सिनामंगल, जोरपाटी, बसुन्धारा, पेप्सीकोलासँगै भक्तपुरका केही ठाउँमा असिना पानी परेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागकी मौसमविद् शान्ति कडेलले राजधानी आसपासका पहाडी जिल्लाहरुमा असिना पानी परेको बताइन् । शनिबार राति राजधानीमा २६ मिलिमिटर पानी परेको जनाएको छ । आइतबार सामान्यत मौसम सफा रहने कडेलले बताइन् ।

राजधानीको सिफलमा असिनापानी पछि ढलेको पर्खाल

फोटोहरु : सुनिल देवकोटा

भिडियो केपी ढुंगानाले खिचेका हुन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?