गलत पत्र भाइरल भएपछि आइजिपी सर्वेन्द्र खनाललाई तनाव (पत्रसहीत)
सारांश
- काठमाडौं, २१ असार ।
- अर्थमन्त्रालयले लेखेको एउटा पत्रले प्रहरी कर्मचारीलाई तनाव बनाएको छ ।
- गृहमन्त्रालयलाई सम्बोधन गरी मन्त्रालयले २०७५।
काठमाडौं, २१ असार । अर्थमन्त्रालयले लेखेको एउटा पत्रले प्रहरी कर्मचारीलाई तनाव बनाएको छ ।
गृहमन्त्रालयलाई सम्बोधन गरी मन्त्रालयले २०७५।०३।१४ गते अर्थले पठाएको पत्रमा एक प्रहरी कर्मचारीलाई औषधी उपचार खर्च उपलब्ध गराउन नसकिने आसयको पत्र लेखेको थियो ।
उक्त पत्रलाई भाइवर, फेसबुक लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल बनाएका थिए ।
उक्त पत्र भाइरल भएपछि प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल समेत तनावमा छन् । उनको सचिवालयले गलत पत्र सार्वजनिक भएको भन्दै खण्डन सहित विज्ञप्ति नै निकाल्नु परेको छ ।
के थियो पत्रको आसय ?
प्रहरी प्रधान कार्यालयका अनुसार उक्त पत्र एक व्यक्तिको सन्दर्भमा गृहमन्त्रालयलाई अर्थमन्त्रालयले लेखेको थियो । प्रतिनिधी भा तथा प्रदेश सभा निर्वाचनका क्रममा अछामको साँफेँ बगर नगरपालिका वडा नम्बर ३ स्थित प्रभाधमकोट मावि दयगाडामा खटिएका प्रहरी जवान हिक्मत विक घाईते भएका थिए । उनलाई औषधी उपचार खर्च उपलब्ध गराइदिन गृहमन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।
उक्त पत्रको जवाफ दिने क्रममा मन्त्रालयले प्रहरी नियमावली अनुसार अर्थ मन्त्रालयबाट नभई गृहमन्त्रालयबाटै खर्च पाउने जवाफ पाइएको थियो । यद्धपी सोही पत्रलाई आधार बनाएर सम्पूर्ण प्रहरी जवानले औषधी उपचार नपाउने भन्दै पर्चार गरिएको थियो । सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति नै निकाल्नु परेको छ ।
‘प्रहरी नियमावली बमोजिम प्रहरी कर्मचारीहरुले पाउने औषधी उपचार, घर विदा लगायत अन्य सुविधाहरु कानुनमा तोकिए बमोजिम नै यथावत रहेको पनि सबै पक्षलाई जानकारी गराईन्छ,’ प्रहरी प्रधान कार्यालय आइजिपी सर्वेन्द्र खनालको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाल प्रहरीसँग सम्बन्धित सो पत्र गलत नियतले अपलोड गरिएको देखिएकाले यस प्रकारका गैह्र व्यावसायीक कार्य नगर्न यस्ता सुचनाहरुको अनर्गल प्रचार प्रसार नगर्नु हुन पनि आग्रह गरिएको छ ।
साथै यस प्रकारका कपोलकल्पित र भ्रामक समाचारहरुमा विश्वास नगर्नु हुन सपनि सम्बन्धित सबै पक्षहरुलाई जानकारी गराईन्छ ।’
Pitambar Adhikari
त्यसैले समाचार पढ्दा, सुन्दा वा हेर्दा तेस्राे अाँखाे चाहिनेरछ