असोज १० गते शुक्रबारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम जीवन सबल र सफल रहनेछ ।
  • महिला वा आफन्तबाट विशेष सहयोग मिल्नेछ ।
  • आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम जीवन सबल र सफल रहनेछ । महिला वा आफन्तबाट विशेष सहयोग मिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आफ्नो विचार विपरित निर्णय हुनेछ । पेशागत समस्या आउला । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । विद्याबाट विशेष लाभ हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अचल सम्पत्ती हात पर्ने योगछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक सुख मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक तथा धार्मिक कार्यमा रुची वढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साथीभाईसंग समय बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । रमाईलो यात्राको योग रहेको छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । वैदेशिक कार्य अघी बढ्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल

(woodlees.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?