अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
५० पटक हेरिएको
Shares
अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी

सारांश

  • सिड्नी ।
  • अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकार टिमको सदस्यमा नेपाली विद्यार्थी विजय सापकोटा नियुक्त भएका छन् ।
  • उनी अस्ट्रेलियाका प्रधानमन्त्रीले निर्माण गरेको अन्तर्रास्ट्रिय शिक्षाका लागि परिषदको पदेन सदस्यका रुपमा विजय सापकोटा नियुक्त भएका हुन् ।

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकार टिमको सदस्यमा नेपाली विद्यार्थी विजय सापकोटा नियुक्त भएका छन् ।
उनी अस्ट्रेलियाका प्रधानमन्त्रीले निर्माण गरेको अन्तर्रास्ट्रिय शिक्षाका लागि परिषदको पदेन सदस्यका रुपमा विजय सापकोटा नियुक्त भएका हुन् ।

जम्मा १७ जना यो परिषदमा सदस्य रहेका छन् । गत वर्ष निर्माण भएको यो सल्लाहकार बोर्डमा यो वर्ष जुलाईमा उनी अन्तर्रास्ट्रिय विद्यार्थी परिषद् सीअार्इएसए डट र्इडीयू डट एयू को सभापति निर्वाचित भएपछि उनलाई उक्त संस्थाको सभापतिको हैसियतले नियुक्त गरिएको हो ।

उनको यो नियुक्तिसँगै यहाँको सरकारी डाईरेक्टरिमा उनको नाम प्रकाशित भएको छ । सम्भबत अस्ट्रेलियाको सरकारी डाईरेक्टरिमा नाम प्रकाशित हुने पहिलो नेपालीमा उनी पर्दछन ।

उक्त सल्लाहकार बोर्डमा अस्ट्रेलियाको संघीय सरकारका मन्त्रीहरु संसदहरुसहित शिक्षा क्षेत्रका प्रभावकारी ब्यक्तित्वहरु रहेका छन् ।

यहाँको यूनीभर्सीटी अफ टेक्नोलोजी सिड्नीमा इन्जिनियरिङमा स्नातक अध्ययरत विजय उक्त विश्वविद्यालयको काउन्सिल बोर्डमा गत वर्ष निर्वाचित भएका थिए ।

उनी अस्ट्रेलियामा वर्ष विद्यार्थीका रुपमा पनि पुरस्कृत भैसकेका छन् । उनी हाल अस्ट्रेलियामा अध्ययनरत ६ लाख अन्तर्रास्ट्रिय विद्यार्थीको नेतृत्व गर्ने संस्थाका सभापति हुन् ।

उक्त विद्यार्थी परिसद अस्ट्रेलियामा शिक्षा क्षेत्रको स्टेक होल्डरका रुपमा मानिन्छ र सभापतिले दर्जनौ रास्ट्रियस्तरका नीति निर्माण तहका बैठक हरुमा भाग लिने गर्दछ ।

आइतबार दिउँसो अनलाइनखबरसँग बोल्दै विजय सापकोटाले भने-‘म यो उच्च तह नीति निर्माणको ठाउँमा बसेर धेरै कुरा सिक्ने छु जुन नेपालका लागि पनि उपयोगी हुनेछ ।’

उनले हाल भने आफू अस्ट्रेलियामा अध्ययनरत विश्वभरिका विद्यार्थीहरूको हक अधिकारका लागि काम गर्नुका साथै अस्ट्रेलियालार्इ अन्तर्रास्ट्रिय विद्यार्थीका पक्षका नीतिहरु बनाउन सहयोग गर्ने बताए ।

साभार : अनलाइनखबर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?