मुख्यमन्त्री बनेपछि जन्ती जान पाइन्छ : शेरधन राई

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
मुख्यमन्त्री बनेपछि जन्ती जान पाइन्छ : शेरधन राई

सारांश

  • विराटनगर, माघ २७ ।
  • प्रदेश नम्बर एक अन्तर्गत भोजपुर क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभासदस्यमा शेरधन राईले उम्मेदवारी दिइरहँदा धेरैले विभिन्न विश्लेषण गरे ।
  • मन्त्री भइसकेको व्यक्ति किन प्रदेशमा उठेको होला ?

विराटनगर, माघ २७ । प्रदेश नम्बर एक अन्तर्गत भोजपुर क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभासदस्यमा शेरधन राईले उम्मेदवारी दिइरहँदा धेरैले विभिन्न विश्लेषण गरे ।

मन्त्री भइसकेको व्यक्ति किन प्रदेशमा उठेको होला ? धेरैको प्रश्न आउँथ्यो । उनी मन्द मुस्कान छर्दै जवाफ फर्काउँथे, “केन्द्रको राजनीतिबाट अब प्रदेशलाई समृद्ध बनाउनुछ । यहाका विकासका संभावना खोज्नु छ ।”

भोजपुर हुँदै २०५४ सालमा एमाले टुक्रिँदा अधिकांश नेता कार्यकर्ता मालेमा प्रवेश गरे, कोही अन्य दलमा । तर त्यहिँ जन्मिएका शेरधन राई टस मस भएनन् । उनी आफ्नो राजनीतिक जीवनलाई भोजपुरबाटै अघि बढाउँछु भन्दै निरन्तर लागे ।

२०६२ सालपछि अशोक राई लगायतका नेता अन्य दलमा प्रवेश गरिरहँदासमेत राईको निरन्तरता एमालेमै रह्यो । अखिलको राजनीतिकै क्रममा पटक पटक गरी ४ पटक भोजपुर जिल्लाको सचिव पदको जिम्मेवारी वहन गर्न पुगे । सफलतापूर्वक भूमिका निर्वाह गरेका राईले त्यसपछि राजनीतिक जीवनले पछाडि फर्कनु परेको छैन ।

राई आफ्नो दूरमागी सोचलाई नतिजा दिन तयार थिए र त्यो समय विराटनगरमा शुक्रबारको दिन आयो । जतिबेला आफ्नै पार्टीको अग्र वा माथिल्लो मर्यादाक्रमका प्रदेश संयोजक भीम आचार्यलाई संसदीय दलको नेताको निर्वाचनमा २ मतको अन्तरले स्तब्ध बनाउँदै पराजित गरे ।

भोजपुरबाटै प्रदेशमा उम्मेदवारी दिँदैदेखि स्पष्ट रुपमा मुख्यमन्त्रीको दाबेदारी दिइरहेका राईले संसदीय दलको निर्वाचनमा जित हात पारेपछि भने “उम्मेदवारीपछि निर्वाचनका क्रममा म माथि नै बम आक्रमण भयो । तर म विचलित भइन र आज दलको नेतामा निर्वाचित हुदा पनि जितले विचलित भएको छैन । मलाई राम्रारी थाहा कि मेरो जिम्मेवारी के छ भनेर ।”

सञ्चारकर्मीसँगको कुराकानीमा पुरानो तरिकाबाट मन्द मुस्कान छर्दै ४७ वर्षिय राईले भने “अब मेरो ध्येय प्रदेश नम्बर एकलाई कसरी समृद्ध र विकासको बाटोमा लैजाने भन्नेमा केन्द्रित रहनेछ ।”

पार्टी अध्यक्ष केपी ओली पक्षधर राईले सो क्रममा प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने उद्घोष समेत गरे । २०४६ सालपछिको प्रजातन्त्र आगमनसँगै एमालेको राजनीतिमा होमिएका उनले पार्टी र प्रदेशमा देखिएको गुट उपगुटलाई चिर्ने र कसैलाई काखापाखा नगर्ने उल्लेख गरे ।

समाजशास्त्रमा स्नात्तकोत्तर अध्ययन गरेका राईले अबको केहीदिन भित्र सरकार गठन हुने बताए । राईले प्रदेशलाई नमुना स्वरुप दिनका लागि सबैको सरसहयोग अपरिहार्य रहेको बताए ।

भोजपुरको आमचोकमा ४७ वर्षअघि जन्मिएका राईले यसअघि ओली सरकारमा सञ्चारमन्त्रालयको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षमा उनी भोजपुरबाटै विजयी भएका थिए । त्यसैगरी प्रदेशसभा निर्वाचनमा पनि राई २० हजार ३ सय ३४ मतसहित विजयी भएका थिए ।

एक्लोजीवन विताइरहेका राईले यसअघि पनि मुख्यमन्त्री भएपछि जीवनको अर्को पांग्रा जोड्ने उद्घोष गरेका थिए । विभिन्न पटक सञ्चारकर्मीको कौतुहलता मेटाउने क्रममा मन्द मुस्कानसहित भन्ने गर्दथे, ‘मुख्यमन्त्रीमा निर्वाचिन भएपछि पक्कै जन्ती जान पाइनेछ ।’

अर्कोतर्फ प्रदेश सयोजक भीम आचार्यले भने दलको नेतामा पराजित भए पनि पार्टी राजनीति जारी रहने बताएका छन् ।

सभामुख पदलाई लक्षित गर्दै राखिएको प्रश्नमा आचार्यले स्पष्ट पार्दै भने, “मुख्यमन्त्रीको निर्वाचनमा होमीएको म सभामुखमा अटाउने छैन । सभामुख पदमा मेरो कुनै इच्छा छैन ।”

विराटनगरमा सम्पन्न संसदीय दलको नेताको निर्वाचनका लागि शेरधन राईले २६ मत पाउँदा आचार्यले २४ मत पाए ।

(mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
१९ सय ५४ कोरोना संक्रमित थपिए
१९ सय ५४ कोरोना संक्रमित थपिए
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ
भरतपुर महानगरपालिकाको मुद्दा हेर्दाहेर्दैमा, सोमबार सुनुवाई हुने
भरतपुर महानगरपालिकाको मुद्दा हेर्दाहेर्दैमा, सोमबार सुनुवाई हुने
टाटा समूहले भारतमा नै आईफोन एसेम्बल गर्ने
टाटा समूहले भारतमा नै आईफोन एसेम्बल गर्ने
देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ: प्रधानमन्त्री ओली
देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ: प्रधानमन्त्री ओली
जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु
जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु
वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट
वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
प्रतिनिधिसभा बैठक रोकिएपछि रविले भनेः बार्गेनिङ मात्र चल्छ
प्रतिनिधिसभा बैठक रोकिएपछि रविले भनेः बार्गेनिङ मात्र चल्छ

तपाईंले छुटाउनुभयो कि?