अमेरिका र चीनबीचको सहमतिसँगै एसीयाली अर्थ बजारमा सुधार

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
४१ पटक हेरिएको
Shares
अमेरिका र चीनबीचको सहमतिसँगै एसीयाली अर्थ बजारमा सुधार

सारांश

  • वासिङटन, १७ मंसिर ।
  • अमेरिका र चीनबीच ब्यापारिक समझदारी बनेसंगै एसीयाली अर्थ बजारमा सुधार देखिएको छ ।
  • जी–२० राष्ट्रहरुको सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति सि जिनपिङले नयाँ ब्यापारिक योजना ९० दिन स्थगित गर्ने समझदारी गरेका थिए ।

वासिङटन, १७ मंसिर । अमेरिका र चीनबीच ब्यापारिक समझदारी बनेसंगै एसीयाली अर्थ बजारमा सुधार देखिएको छ । जी–२० राष्ट्रहरुको सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति सि जिनपिङले नयाँ ब्यापारिक योजना ९० दिन स्थगित गर्ने समझदारी गरेका थिए ।

पछिल्लो सहमतिपछि एसियाली मुलुक जापानी शेयर बजारमा १ र हङकङको बजारमा २ प्रतिशतको सुधार देखिएको छ । त्यस्तै अन्य एसियाली मुलुकका शेयरबजारमा सुधारको संकेत आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एकअर्काका सामानमा अमेरिका र चीनले १० देखी २५ प्रतिशतसम्मले कर बृद्धि गरेपछि त्यसको असर एसियाली अर्थ बजारमा पनि परेको थियो । २ ठुला अर्थतन्त्र भएका मुलुकबीचको पछिल्लो सहमति कायम राख्न अन्य मुलुकहरुले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?