पाँचथर हत्या काण्ड :सन्दिग्ध व्यक्तिपनि झुडिएको अवस्थामा मृत फेला
सारांश
- पाँचथर , ७ जेठ — पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको आशंका गरिएका व्यक्ति नै मृत भेटिएका छन् ।
- स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
- घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
पाँचथर , ७ जेठ — पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको आशंका गरिएका व्यक्ति नै मृत भेटिएका छन् ।स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनास्थल मिक्लाजुङ ३ आरुबोटेभन्दा केही टाढा रहेको वडा ७ लिम्बा भन्ने स्थानको एक रुखमा मानबहादुर झुन्डिएको अवस्थामा फेला परेको छन् ।
मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन् । स्थानियहरुका अनुशार उनको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । मानबहादुरसँग बेमेल भएपछि उनकी श्रीमती माइत बस्दै आएकी थिइन् ।बाँच्न सफल १२ वर्षीया सीता खजुमले घटनाका बेला एक जना मात्र व्यक्ति देखेको प्रहरीलाई बताएकी छन् । प्रहरीले यत्तिखेर घटना भएका दुवै घर सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । यद्यपी अहिलेसम्म घटनामा मानबहादुरको संलग्नता थियो थिएन खुलिसकेको छैन । प्रहरीले दुबै घटनालाईं जोडेर अनुसन्धान सुरु गरिएको बताएको छ । घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ।
प्रतिक्रिया