अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०८०
|
|
४९ पटक हेरिएको
Shares
अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

सारांश

  • काठमाडौँ ।
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
  • आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उनले कूल शय्याको १० प्रतिशत गरिब, असाहय, विपन्न बिरामीलाई निःशुल्क उपचार सेवाको व्यवस्था गर्न निर्देशन दिए ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उनले कूल शय्याको १० प्रतिशत गरिब, असाहय, विपन्न बिरामीलाई निःशुल्क उपचार सेवाको व्यवस्था गर्न निर्देशन दिए । “सरकारले सबै सरकारी, निजी अस्पताललाई स्वीकृति दिँदा कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार व्यवस्था गर्नुपर्दछ भनेर सम्झौता गरेको हुन्छ”, उनले भने, “हाम्रो सूचनामा धेरै अस्पतालले कार्यान्वयन गरेका छैनन् । सबै अस्पतालसँग एक वर्षमा को–को, कस्ता बिरामीको कसका सिफारिसमा १० प्रतिशत निःशुल्क उपचार गरे । त्यो तथ्याङ्क हामी माग्दछौँ ।”

उनले १० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कानूनअनुसार कारबाही गर्ने बताए । “जुन जुन अस्पतालले १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था गरेको छैन । ती अस्पताललाई कानूनअनुसार कारबाही गर्दछाँै”, उनले भने, “जनताले पाउने त्यो अधिकार दिलाएर नै छाड्छाँै ।”

मन्त्रालयले पनि अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याई उपचार गर्न दुई पटक निर्देशन दिँदै पत्राचार गरिसकेको छ । मन्त्री बस्नेतले ठूला मानिस मन्त्री, सांसदले भनेपछि अस्पतालमा शय्या पाउने परम्परालाई तोड्दै विपन्न गरिब सबैले अस्पतालमा भनेको बेला शय्या पाउने बताए ।

बिरामीले उपचार गर्दा शय्या नपाइने अवस्था रहेको भन्दै उनले अस्पतालमा रहेका शय्या सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर कति खाली रहेको छ भन्ने कुरा वेबसाइटमा राख्न निर्देशन दिएको बताए । “अस्पतालले आफ्नो वेबसाइट शय्याको विवरण राख्ने गर्दछन्”, उनले भने, “सोही आधारमा जनुसुकै मानिसले आफूलाई चाहिएको बेला अस्पतालको शय्या पाउने व्यवस्था गर्दछौँ ।”

अस्पतालले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा जोड दिएको पाइएको भन्दै उनले नचलेको उपकरणलाई मर्मत सम्भार गरेर चलाउन निर्देशन दिएको बताए ।

उनले निजी अस्पतालको उपचार सेवाको शुल्क फरक रहेकाले एकरूपता कायम गर्ने बताए । “अस्पतालले कति सेवा शुल्क लिन पाउने हो । अहिलेको अवस्था हेरेर विज्ञको सल्लाहमा निजी अस्पतालको सेवा शुल्कमा एकरूपता कायम गर्नेछाैँ”, उनले भने, “सुविधा राम्रो दिएको छ भने फरक पर्दैन । तर सुविधा नदिइकन धेरै शुल्क लिएको छ भने एकरूपता ल्याउछौँ ।”

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको लाग्ने कर बढाउन आफूले पहल गर्ने बताए । गङ्गालाल अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले अस्पतालले दिने सेवा सुविधाबारे मन्त्री बस्नेतलाई जानकारी गराएका थिए ।

(https://www.newsoftwares.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
१७ वर्षिय छात्राको रहस्यमय मृत्यु
१७ वर्षिय छात्राको रहस्यमय मृत्यु
पानी, हिलो, रङ दलेर मनाइने सिरुवा पर्वमा प्रधानमन्त्रीको शुभकामना
पानी, हिलो, रङ दलेर मनाइने सिरुवा पर्वमा प्रधानमन्त्रीको शुभकामना
This ‘Class Photo’ of Saif Ali Khan and Kareena Kapoor with Taimur in his school is adorable!
This ‘Class Photo’ of Saif Ali Khan and Kareena Kapoor with Taimur in his school is adorable!
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
विमान खरिदमा अनियमितता भएको भन्दै छानवीन गर्न माग
विमान खरिदमा अनियमितता भएको भन्दै छानवीन गर्न माग
विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
मेलम्चीको पानी अर्को दशैँमा ! नयाँ ठेकेदार खोज्दै सरकार
मेलम्चीको पानी अर्को दशैँमा ! नयाँ ठेकेदार खोज्दै सरकार