प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुन: योगेश भट्टराई (अन्तर्वार्ता)

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुन: योगेश भट्टराई (अन्तर्वार्ता)

सारांश

  • एमाले युवा नेता तथा पार्टी सचिव योगेश भट्टराईले प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुने बताएका छन् ।
  • शिखरन्यूजको विशेष अन्तर्वार्तामा भट्टराईले यो सरकारलाई प्रदेश प्रमुखमा उहाँहरुलाई तोक्ने अधिकार थियो तोक्यो, अर्को सरकारलाई परिवर्तन गर्ने अधिकार छ, त्यसैले उहाँहरु अस्थायी नै हुने बताएका हुन् ।
  • प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले अब बन्ने नयाँ सरकारले प्रदेश प्रमुख परिवर्तन गर्छ या गर्दैन त्यो विषयमा अहिले बोल्न नमिल्ने बताए ।

एमाले युवा नेता तथा पार्टी सचिव योगेश भट्टराईले प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुने बताएका छन् । शिखरन्यूजको विशेष अन्तर्वार्तामा भट्टराईले यो सरकारलाई प्रदेश प्रमुखमा उहाँहरुलाई तोक्ने अधिकार थियो तोक्यो, अर्को सरकारलाई परिवर्तन गर्ने अधिकार छ, त्यसैले उहाँहरु अस्थायी नै हुने बताएका हुन् ।

प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले अब बन्ने नयाँ सरकारले प्रदेश प्रमुख परिवर्तन गर्छ या गर्दैन त्यो विषयमा अहिले बोल्न नमिल्ने बताए । उनले भने, ‘एक किसिमले भन्ने हो भने उनीहरु अस्थायी नै हुन ।’

फरक प्रसंगमा उनले नयाँ सरकार गठनको निम्ति राष्ट्रियसभाको जरुरत नरहेको दावी गरे । उनले भने, ‘प्रदेशसभा भएपछि नयाँ सरकार बन्छ, प्रतिनिधिसभा भएपछि नयाँ सरकार बन्छ ।समानुपातिकको घोषणा नभएपनि नतिजा आइसकेको छ । समानुपातिकको परिणाम पनि निर्वाचन आयोगले दिने हो भने नयाँ सरकार गठन गर्न बाटो खुल्थ्यो । संवैधानिक किचलोमा हामी फस्नुभन्दा राजनीतिक निकासबाट जाऔं भनेर हामी अगाडि बढेका हौं ।’

प्रधानमन्त्रीले या अहिलेको वर्तमान सरकारले पार्टीगत हिसाबले हामीलाई कहीँकतै पनि सामेल नगराएको आपत्ति जनाउँदै भट्टराईले भने, ‘कुनै पनि छलफल प्रदेश प्रमुख नियुक्तिमा वा राजधानी तोक्ने विषयमा । औपचारिक छलफल गर्नुभएन । कुनै प्रस्ताव पनि ल्याउनुभएन ।’

उनले भने, ‘सरकालाई हामीले भनेका छौं, प्रदेश प्रमुख तोक्नुस्, राजधानी तोक्नुस्, छिटो राष्ट्रियसभाको निर्वाचन गर्नुहोस् अनि नयाँ सरकार गठनको लागि बाटो खोलिदिनुस् ।’

नेपालको संविधानले प्रदेशको राजधानी कहाँ तोक्ने र प्रदेशको नामकरण के गर्ने भन्ने अधिकार प्रदेश सांसदलाई नै दिएको उनले बताए । तपाईं हामीलाई निर्वाचित गरेका जनप्रतिनिधिहरुले नै अन्तिम फैसला गर्ने भट्टराईले दावी गरे ।

२ नम्बर प्रदेश बाहेक माओवादी र एमाले मिल्दा सबै प्रदेशमा दुई तिहाई पुग्ने उनले दावी गरे । त्यसैले अहिले आन्दोलनमा सहभागी भएकाहरुलाई फिर्ता हुन समेत उनले आग्रह गरे । उनले भने, ‘यो आन्दोलनबाट तपाईंहरु फिर्ता हुनुस् यो आन्दोलनको काम छैन्, भोलि तपाईंहरुले नै यो निर्णय गर्दै हुनुहुन्छ ।’

चुनावी एजेण्डामा रहेर हरेक साथीहरुले आ–आफ्नो दावी गर्नु स्वभाविक रहेको भट्टराईले बताए । ‘आ–आफ्नो स्थानीय मागअनुसार नेकपा एमालेले फलानो ठाउँलाई राजधानी तोक फलानो ठाउँलाई बनाउनुहुँदैन भनेका छैनौं,’ उनले भने ।

कुन ठाउँलाई राजधानी तोक्न उपयुक्त हुन्छ, अब बन्ने बाम गठबन्धनको नयाँ सरकारले ती सबै कुरलाई हेरेर हामी राजधानी तोक्ने तयारीमा रहेको उनले बताए ।

बाँकी अन्तर्वार्ता भिडियोमा हेर्नुहोस् :-

फोटो/भिडियो : विस्नु फडेरा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?