विमान खरिदमा अनियमितता भएको भन्दै छानवीन गर्न माग
सारांश
- काठमाडौं, ११ असाेज।
- पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले दुईवटा वाइडबडी विमान खरिदमा ठूलो अनियमिता भएको भन्दै छानविन गर्न सार्वजनिक लेखा समितिमा आवाज उठेको छ।
- बिहीबार बसेको संघीय संसदकोे सार्वजनिक लेखा समितिको बैठकमा समितिका सदस्यहरुल विमान खरिदमा ठूलो अनियमितता भएको भन्दै छानविन गर्न माग गरेका हुन्।
काठमाडौं, ११ असाेज। पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले दुईवटा वाइडबडी विमान खरिदमा ठूलो अनियमिता भएको भन्दै छानविन गर्न सार्वजनिक लेखा समितिमा आवाज उठेको छ। बिहीबार बसेको संघीय संसदकोे सार्वजनिक लेखा समितिको बैठकमा समितिका सदस्यहरुल विमान खरिदमा ठूलो अनियमितता भएको भन्दै छानविन गर्न माग गरेका हुन्। विमान खरिद गर्दा ठूलो आर्थिक अनियमितता भएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेका बेला उक्त विषय समितिमा प्रवेश गरेको हो।
समिति सदस्य धर्माशीला चापागाईँले दुई वटा वाइडबडी विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको आशंका गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र मातहतका सबै निकायलाई छानवीन गर्नुपर्ने बताइन्। उनले वाइडबडी विमानमा ठूलो आर्थिक अनियमितता हुनु राष्ट्रिय लज्जाको विषय भएको उल्लेख गर्दै सम्बन्धित निकायसँग कागजात माग गरेर समितिले छानवीन गर्नुपर्ने बताइन्। समितिका सदस्यहरुले निजगढ–काठमाडौं द्रूतमार्ग निर्माणमा पनि भ्रष्टाचार भएको आशंका गर्दै छानवीन गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए। समितिका सदस्य प्रेमबहादुर आलेले सो दु्रतमार्ग निर्माणमा भ्रष्टाचार भएको आशंका गरेका थिए। उनले सो आयोजनाको हालसम्म पनि विस्तृत अध्ययन प्रतिवेदन समेत तयार नगरिएकोमा आपत्ति जनाए।
समितिका अर्का सदस्य विशाल भट्टराईले सरकारी निकायमा हुने गरेको भ्रष्टाचारसम्बन्धि विषयलाई छानवीन गर्न विभिन्न उपसमिति बनाउनुपर्ने आवश्यक्ता औंल्याए। उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन समितिले अनियमितता गर्नेमाथि कडा निगरानी राख्नुपर्ने जनाए।
समितिले मुख्य सचिव, सबै मन्त्रालयका सचिवहरुसँग आवश्यक छलफल गरी बेरुजु हुन नदिन प्रभावकारी कदम चाल्ने निर्णय पनि गरेको छ। समितिका सभापति शाहले आर्थिक अनियमितता हुन नदिने गरी समितिको कामलाई अघि बढाउने निर्णय गरिएको जानकारी दिए।
प्रतिक्रिया