अस्पताल पुर्याउनुअघिकै प्रकाशको निधन
सारांश
- काठमाडौं, ३ मंसिर।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।
- अस्पताल स्रोतका अनुसार आइतबार बिहान ५:५० मा अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो।
काठमाडौं, ३ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार आइतबार बिहान ५:५० मा अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो। उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलिसकेको थियो । चिकित्सकले उनलाई ५:५९ मिनेटमा मृत घोषणा गरेका थिए।
प्रकाशलाई हृदयघातको शंका गरिएपनि मृत्युको कारण बारे अस्पताले केही बताएको छैन।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया