कस्तो रहला आज देशभरको मौसम?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २१, २०८०
|
|
४७ पटक हेरिएको
Shares
कस्तो रहला आज देशभरको मौसम?

सारांश

  • काठमाडौं।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
  • अहिले कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

अहिले कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी र मधेश प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले तराईमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने जनाएको छ। यसका साथै देशभरको तापक्रम घटेर चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?