पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
४८ पटक हेरिएको
Shares
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राज्यले कानुन उल्लंघन गर्ने कसैलाई नछाड्ने बताएका छन् ।
  • मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा ५ भदौमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवराज पारसको विमानस्थलको गतिविधिलाई उदण्ड भन्दै कारबाहीको चेतावनी दिए ।
  • नागरिक भइसकेकाहरु नागरिकको ठाउँमा बस्नुपर्ने बताउँदै कानुन उल्लंघन गर्नेमाथि कारबाही हुने बताए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राज्यले कानुन उल्लंघन गर्ने कसैलाई नछाड्ने बताएका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा ५ भदौमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवराज पारसको विमानस्थलको गतिविधिलाई उदण्ड भन्दै कारबाहीको चेतावनी दिए ।

नागरिक भइसकेकाहरु नागरिकको ठाउँमा बस्नुपर्ने बताउँदै कानुन उल्लंघन गर्नेमाथि कारबाही हुने बताए । केही दिनअघि त्रिभुवन विमानस्थलमा पूर्व युवराज पारसले डिउटीमा खटिएका प्रहरीमाथि हातपात गरेका थिए । यसबारे सोधिएको प्रश्नमा उनले कानुन सबैका लागि समान हुने भन्दै उदण्डता देखाउनेमाथि कारबाही गर्ने बताए । उनले भने,‘युवराज सुवराज चिनिन्नँ !’ राज्यले सुरक्षा चुनौतीलाई दृष्टिगत गरी सुरक्षा दिएपनि कसैलाई छुट नदिने बताए ।

पूर्व युवराज पारस शाहप्रति संकेत गर्दै पहिलाको खानदानी हौं भन्नेलाई सुरक्षा दिएको बताए । राजतन्त्र कुनै हालतमा नफर्कने बताउँदै भने,‘भूपू मायालुको यादवमा तड्पनेहरु तड्पिइरहुन् ।’ राजतन्त्रका नाममा राजनीति गर्नेहरु लोप हुने चेतावनी दिए । देशमा गणतन्त्रको संस्थागत विकास भइसकेकाले कहिलेपनि नर्फकने ठोकुवा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यि हुन प्रधानमन्त्री ओलीको भ्रमण दलमा पर्ने ११८ जना
मनाङमा दीपक मनाङेको अग्रता
मनाङमा दीपक मनाङेको अग्रता
यी हुन् सार्वजनिक खरीद अनुगमन कार्यालयले कालाेसुचिमा राखेका दश कम्पनीहरू !
यी हुन् सार्वजनिक खरीद अनुगमन कार्यालयले कालाेसुचिमा राखेका दश कम्पनीहरू !
माअोवादी द्वारा पुर्व बनमन्त्रि जोशिमाथि अाक्रमणको प्रयास,
माअोवादी द्वारा पुर्व बनमन्त्रि जोशिमाथि अाक्रमणको प्रयास,
सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
अर्घाखाँची सन्धिखर्क नगरपालिका नेपाली कांग्रेसको जित पक्कापक्कि .
अर्घाखाँची सन्धिखर्क नगरपालिका नेपाली कांग्रेसको जित पक्कापक्कि .
देउवाले कसरी जिते संसदीय दलको नेता! उपनेता गच्छदार
देउवाले कसरी जिते संसदीय दलको नेता! उपनेता गच्छदार
रविले गर्ने- ‘सिधा कुरा मोदीसंग’ ! यदि यो समाचार सत्य हो भने…
रविले गर्ने- ‘सिधा कुरा मोदीसंग’ ! यदि यो समाचार सत्य हो भने…
वडाध्यक्षलाई मोटरसाइकल बाँड्न २२ लाख ५० हजार रकम विनियोजन
क्रिश्चियन धर्म प्रचार गर्दै हिड्नेलाई प्रहरीले समात्यो
क्रिश्चियन धर्म प्रचार गर्दै हिड्नेलाई प्रहरीले समात्यो