माटोमा अम्लीयपनाको मात्रा बढी

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
१७ पटक हेरिएको
Shares
माटोमा अम्लीयपनाको मात्रा बढी

सारांश

  • मङ्गलबारे, ११ फागुन, इलामको फाकफोकथुम गाउँपालिकामा माटोमा अम्लीयपना बढी भएको पाइएको छ ।
  • जिल्ला प्रशासन कार्यालयले यहाँ सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा कृषि ज्ञान केन्द्रमा किसानले ल्याएको माटोको नमूना परीक्षण गर्दा अम्लीयपना बढी भेटिएको हो ।
  • असी किसानको माटोको नमूना परीक्षण गर्दा अम्लीयपनाको मात्रा पाइएको कृषि विकास शाखा फाकफोकथुमका कुशेश्वर यादवले बताउनुभयो ।

मङ्गलबारे, ११ फागुन, इलामको फाकफोकथुम गाउँपालिकामा माटोमा अम्लीयपना बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले यहाँ सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा कृषि ज्ञान केन्द्रमा किसानले ल्याएको माटोको नमूना परीक्षण गर्दा अम्लीयपना बढी भेटिएको हो ।

असी किसानको माटोको नमूना परीक्षण गर्दा अम्लीयपनाको मात्रा पाइएको कृषि विकास शाखा फाकफोकथुमका कुशेश्वर यादवले बताउनुभयो । यस गाउँपालिकाको वडा नं १, २, ३ र ६ को माटो परीक्षण गरिएको थियो ।

“बलौटे, दुमोट, पाँगो, चिम्ट्याइलो माटोको पिएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा नमूना परीक्षण गर्दा यस क्षेत्रको माटोमा बढी पिएच भेटियो”, यादवले भन्नुभयो, “यसको सबैभन्दा उत्तम विधि कृषि चुनको प्रयोग नै हो ।”

त्यस्तै शिविरमा ५० किसानले बाली उपचार गराएका थिए । सुन्तला, कागती र अलँैची बालीको उपचार गरिएको थियो । पछिल्लो समय सुन्तला, कागती र अलैँचीमा देखिएको रोग निदानका लागि कृषि प्रमुख यादवले निमराज, निलोतुथो र कृषि चुनको प्रयोगलाई बढाउँदै लैजानुपर्ने सुझाव दिनुभएको छ ।

माटो शिविरमा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकालाई तीन÷चार वर्षमा रासायनिक मलमुक्त बनाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउँदै लैजानेमा जोड दिनुभयो । उहाँले रासायनिक मलको प्रयोगले नागरिकको स्वास्थ्यमा समेत असर पर्दै गएकाले गाउँ कार्यपालिकाको बैठकबाटै रासायनिक मललाई प्रतिबन्ध लगाउने नीति अवलम्बन गरिने बताउनुभयो । “स्थानीयस्तरमा प्राङ्गारिक मलको पर्याप्त उपलब्धता भएकाले रासायनिक मललाई प्रतिबन्ध लगाउने तयारी गरिएको छ, त्यसपछि यहाँको कृषि उत्पादन पूर्ण जैविक बनाउने योजना छ ।”

ग्रामीण क्षेत्रमा उत्पादन हुने सागसब्जी, अन्नबाली पूर्ण जैविक बनाउन सके यसको बजारीकरणमा पनि कुनै समस्या नहुने कृषि प्राविधिक वसन्त भट्टराईको भनाइ छ । यस क्षेत्रका किसानले विशेषगरी अदुवा, गहुँलगायतका बालीमा युरिया, डिएपी, पोटासजस्ता रासायनिक मलको प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलहरु उम्मेदवार सिफारिसमा व्यस्त
धनुषामा कांग्रेसका हस्ती  विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
धनुषामा कांग्रेसका हस्ती विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा
छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
हेटौँडामा राष्ट्रिय औद्योगिक मेला
हेटौँडामा राष्ट्रिय औद्योगिक मेला
पत्नी भेट्न विश्वकपबाट सुटुक्क लण्डन पुगे बिराट कोहली
पत्नी भेट्न विश्वकपबाट सुटुक्क लण्डन पुगे बिराट कोहली
प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं
प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं
वर्षभरका दुर्घटनामा १०४ को मृत्यु , ३३ हजार ८ सय ८३ सवारी कारबाहीमा
वर्षभरका दुर्घटनामा १०४ को मृत्यु , ३३ हजार ८ सय ८३ सवारी कारबाहीमा
रुसी  लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
रुसी लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
अस्पताल नआउने डाक्टरलाई कारवाही गर्ने मन्त्रीको प्रतिवद्धता
अस्पताल नआउने डाक्टरलाई कारवाही गर्ने मन्त्रीको प्रतिवद्धता

तपाईंले छुटाउनुभयो कि?