अाइतबारबाट मलेसियाका कामदारलाइ ५० हजार रिंगिट र ५ वर्षसम्मको जेल सजाय हुन सक्ने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
५० पटक हेरिएको
Shares
अाइतबारबाट मलेसियाका कामदारलाइ ५० हजार रिंगिट र ५ वर्षसम्मको जेल सजाय हुन सक्ने !

सारांश

  • काठमाडाै, १७ असार ।
  • मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका कामदारलाई अाइतबार (आज) देखि पक्राउ गर्ने भएको छ।
  • वैधानिक हुन वा घर फर्किन दिएको समय शनिबार सकिएपछि मलेसिया सरकारले आइतबारदेखि उनीहरुलाई पक्राउ गर्न अभियान नै चलाउन लागेको हो।

काठमाडाै, १७ असार । मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका कामदारलाई अाइतबार (आज) देखि पक्राउ गर्ने भएको छ।

वैधानिक हुन वा घर फर्किन दिएको समय शनिबार सकिएपछि मलेसिया सरकारले आइतबारदेखि उनीहरुलाई पक्राउ गर्न अभियान नै चलाउन लागेको हो। मलेसियामा हाल एक लाख भन्दा धेरै नेपाली कार्यरत छन्।

त्यसमध्ये केही विगत लामो समयदेखि मलेसियामा अवैधानिक रुपमा बसिरहेका छन्।

वैधानिक हुन र घर फर्किने योजनामा सामेल नहुने कामदारसहित उनीहरुका रोजगारदातालाई पनि कारवाही गरिने मलेसिया सरकारले जनाएको छ। कामदार दोषी पाइएमा उनीहरुलाई ५० हजार रिंगिट जरिवार र ५ वर्षसम्मको जेल वा दुवै सजाय हुन सक्ने मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

मलेसियाले अबैद्य रुपमा बसिरहेका कामदारलाई आगामी अगस्टसम्ममा फर्किसक्न समय तोकेको थियो। नेपाली दूतावासले पनि गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका नेपालीलाई यही समयभित्र स्वदेश फर्कन आग्रह गरेको छ।

सरकारले नयाँ श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने निर्णय गरिसकेको छ।

श्रम, रोजगार र सामजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारसँग मलेसिया सरकारले हाल अवैध र एकपक्षीय रुपमा उठाइँदै आएको शुल्क खारेज नगरेसम्मका मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोकेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री पण्डितको भारत भ्रमण फलदायी, संघीय संरचनामा कर्मचारी व्यवस्थापनबारे छलफल
मन्त्री पण्डितको भारत भ्रमण फलदायी, संघीय संरचनामा कर्मचारी व्यवस्थापनबारे छलफल
वाराणासीमा प्रधानमन्त्री देउवाले गरे बृद्धाश्रम शिलान्यास
वाराणासीमा प्रधानमन्त्री देउवाले गरे बृद्धाश्रम शिलान्यास
ब्रिटिस पेट्रोलियमको वार्षिक नाफा ४ अर्ब डलरले घट्यो
ब्रिटिस पेट्रोलियमको वार्षिक नाफा ४ अर्ब डलरले घट्यो
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु
नयाँ अर्थमन्त्रीलाई पूर्वप्रधानमन्त्री बाबुरामले दिए यस्तो कडा सुझाव
नयाँ अर्थमन्त्रीलाई पूर्वप्रधानमन्त्री बाबुरामले दिए यस्तो कडा सुझाव
नागबेली झार नहुदा उपभोक्ता निराश
नागबेली झार नहुदा उपभोक्ता निराश
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक पक्राउ
खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक पक्राउ
तत्काल पीसीआर परिक्षणको शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने
वास्तविक उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला, के होला रहस्य ?
वास्तविक उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला, के होला रहस्य ?