मन्त्रिपरिषद बैठक बस्दै, महत्वपुर्ण निर्णय हुने सम्भावना

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ७, २०७७
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • मन्त्रिपरिषद बैठक शुरु भएको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले भर्खर शुरु भएको बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुने बुझिएको छ ।
  • प्रायः सोमबार बस्ने गरेको बैठक यो हप्ता आइतबार नै बसेको हो ।

मन्त्रिपरिषद बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले भर्खर शुरु भएको बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुने बुझिएको छ ।

प्रायः सोमबार बस्ने गरेको बैठक यो हप्ता आइतबार नै बसेको हो । आजको बैठकबाट चाडपर्वपछिको राजनीतिक अवस्था, कोरोना भाइरसको जोखिमको समिक्षालगायत केही नीतिगत निर्णयहरु हुने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा मन्तव्य समेत दिने बुझिएको छ । नेकपा विवाद उत्कर्षमा पुगिरहँदा आजको बैठकमा प्रधानमन्त्री ओलीले कुनै कदम चाल्ने हुन् या केही भन्ने हुन् भन्ने चासो बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?