राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०८०
|
|
१९ पटक हेरिएको
Shares
राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।
  • बैठक काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्केटमा बिहान ८ बजेदेखि सुरु हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।

बैठक काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्केटमा बिहान ८ बजेदेखि सुरु हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । पुस ३ गतेसम्म चल्ने बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन तथा महामन्त्री धवलशम्शेर राणाले देशभरको साङ्गठनिक योजनासहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक, सामाजिक, आर्थिक अवस्थामा समीक्षा गरिने र संसदमा पार्टीले निर्वाह गरेको भूमिकाबारे केन्द्रीय नेतालाई जानकारी गराएर सङ्गठन सुदृढीकरणका लागि रणनीति तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तै, पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गरिने जनाइएको छ ।

यस्तै, राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिन अन्य दलसँग समन्वय गर्ने विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?