अाज असार १७ गते: कहाँ के-के घटना घटे?
सारांश
- हतियार सहित पक्राउ कपिलवस्तु , कपिलबस्तु नगरपालिका(११ जहदी बस्ने ३२ वर्षीय मन्नु भन्ने मतेश्वर अहिर र सोही स्थान बस्ने १९ वर्षीय नन्द किशोर यादबलाई रिभल्बर १ थान सहित प्रहरीले शनिबार पक्राउ गरेको छ ।
- कपिलबस्तु नगरपालिका(११ जहदी स्थित तौलिहवा सडक खण्डमा तौलिहवाबाट जहदीतर्फ जाँदै गरेको लु २३ प८८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मतेश्वरको साथबाट उक्त हतियार फेला पारी चालक नन्द किशोर यादबलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
- यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हतियार सहित पक्राउ
कपिलवस्तु ,
कपिलबस्तु नगरपालिका(११ जहदी बस्ने ३२ वर्षीय मन्नु भन्ने मतेश्वर अहिर र सोही स्थान बस्ने १९ वर्षीय नन्द किशोर यादबलाई रिभल्बर १ थान सहित प्रहरीले शनिबार पक्राउ गरेको छ ।
कपिलबस्तु नगरपालिका(११ जहदी स्थित तौलिहवा सडक खण्डमा तौलिहवाबाट जहदीतर्फ जाँदै गरेको लु २३ प८८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मतेश्वरको साथबाट उक्त हतियार फेला पारी चालक नन्द किशोर यादबलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुटपिट गरी आफ्नै श्रीमान्को हत्या गरेको अभियोगमा पक्राउ
चितवन
आफ्नै श्रीमान्लाई कुटपिट गरी हत्या गरेको अभियोगमा माडी नगरपालिका(३ सिमरा बस्ने ४८ वर्षीया कुलमती चौधरीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
सामान्य झै(झगडामा चौधरीले श्रीमान् ५५ वर्षीय गंगाराम चौधरीलाई कुटपिट गर्दा गम्भीर घाईते भई उपचारको लागि स्थानिय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवा तास खेल्ने पक्राउ
काठमाडौं कास्की शुक्लागण्डकी नगरपालिका(१ घर भई हाल काठमाडौं टोखा नगरपालिका(९ मिलनटोल बस्ने ३८ वर्षीय गणेश पुनले संचालन गरेको गोपीकृष्ण गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा तनहुँ व्यास नगरपालिका(४ घर भई हाल गेष्ट हाउसको मेनेजर काम गर्ने २५ वर्षीय अनिल खनाल लगायत ७ जनालाई नगद ७४ हजार ५५ रूपैयाँ र ३ बुक तास सहित प्रहरीले शनिबार पक्राउ गरेको छ ।
मोरङ बेलबारी नगरपालिका(१ स्थित कमान सिहं तामाङ्को घरमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ४० वर्षीय डम्बर बहादुर तामाङ् लगायत ७ जनालाई नगद ६५ हजार रूपैयाँ र ३ बुक तास सहित प्रहरीले शनिबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध भारतीय रूपैयाँ सहित पक्राउ
कपिलवस्तु
कंचनपुर गैरीगंगा नगरपालिका(६ बनभेडा घर भई हाल भारतमा होटल संचालन गरी बस्ने ४६ वर्षीय महेन्द्र ओझा र भारतीय नागरिक ४२ वर्षीय राजेन्द्र जाडलाई बिभिन्न दरका नगद १३ लाख १३ हजार ६ सय ६० भारतीय रूपैयाँ सहित प्रहरीले शनिबार पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका(२ लिङगेट स्थित ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ज्च्(ण्ड(ह्(टण्डड नम्बरको कारमा शंका लागि जाँच गर्दा सिटमुनी लुकाई राखेको उक्त भारतीय नगद फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । कार चालक फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
बाँके
राप्ति सोनारी गाँउपालिका(३ स्थित गंगापुर बस्ने अंगतराम थारूको श्रीमती ४८ वर्षीया रुन्ची थारू घरबाट ३ सय मिटर टाढा खेतमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
चितवन
भरतपुर महानगरपालिका(१ स्थित देवघाट घुम्न गएको अबस्थामा पौडी खेल्ने क्रममा शनिबार नारायणी नदीमा डुबी बेहोस भएकी काठमाडौं बुढानिलकण्ठ बस्ने २७ वर्षीया संगिता भण्डारीको उपचारको लागि जिल्ला अस्पताल भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
उनीसँगै पौडी खेल्न गएका राप्ती नगरपालिका(१ बस्ने ३० वर्षीय रोशन पन्तलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर मृत्यु
रौतहट, १७ असार
राजपुर नगरपालिका(२ फतुवा स्थित महेशपुर बस्ने १८ वर्षीय ललन कुमार महतो र १७ वर्षीय मनिष कुमार साह आफ्नै बगैचामा आँप टिप्ने क्रममा शनिबार चट्याङ् लागि गम्भीर घाईते भएका उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल गौर लैजाने क्रममा मनिष कुमार साहको मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु
काठमाडौं: काठमाडौं महानगरपालिका(३२ जडीबुडी स्थित सडकखण्डमा बा ८४ प १२७५ नम्बरको मोटरसाईकललाई हाल अल्फावेट नखुलेको १३८ नम्बरको ट्याक्सीले शनिबार ठक्कर दिंदा घाईते भएका मोटरसाईकलमा सवार दोलखा घर भएका ३० वर्षीय सरोज उप्रेतीको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्सी र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिराहा : कर्जन्हा नगरपालिका(३ स्थित पूर्व(पश्चिम लोक राजमार्गमा ना ६ ख १९२७ नम्बरको बसलाई शनिबार ना ११ च ३०२६ नम्बरको पिकअपले पछाडीबाट ठक्कर दिंदा बसका यात्रु मोरङ सुन्दरपुर नगरपालिका ७ बस्ने २२ वर्षीय नबिन तामाङको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाईते भएका सुनसरी धरान बस्ने ४० वर्षीय केशब गिरी र धनुषा गणेशमानचारनाथ नगरपालिका(४ बस्ने १८ वर्षीय श्याम कुमार महतोलाई उपचारार्थ घोपा अस्पताल धरान लैजाने क्रममा केशब गिरीको बाटोमै मृत्यु भएको छ । दुबै सवारी साधान प्रहरीको नियन्त्रणमा रहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल क्षति
सप्तरी तिलाठी कोईलाडी गाँउपालिका(८ तोपा बस्ने केथु यादबको घरमा शनिबार बिजुलीको तार सर्ट भई आगलागी हुँदा ३ वटा घरगोठ जलेर गरी करीब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
महोत्तरी ; मनराशिस्वा नगरपालिका(७ स्थित तलेबर साहको मिठाई पसलमा शनिबार आगलागी हुँदा घर, लत्ता कपडा,भाँडाबर्तन र मिठाई बनाउने सर(सामान जलेर करीब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानिय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनमाल चोरी
काठमाडौं
चन्द्रागिरी नगरपालिका(४ त्रिभुवन पार्क स्थित जुआरासिंह शाहीको घरबाट शनिबार अमेरिकन डलर १ हजार ,नेपाली नगद १ लाख र सुनका बिभिन्न गरगहना गरी करीब २ लाख ९६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी काठमाडौं कागेश्वारी नगरपालिका(८ गोठाटार चोक स्थित शान्तमान श्रेष्ठको घरमा डेरागरी बस्ने २८ वर्षीय श्याम बहादुर कार्कीले संचालन गरेको नमस्ते मोवाईल सेन्टरबाट आइतबार नगद २ लाख ५० हजार, बा ६८ प २४२९ नम्बरको मोटरसाइकल, बिभिन्न कम्पनीका मोवाईलहरु ४० थान र पावर बैंक २५ थान गरी अन्दाजी ८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा दर्ज्यानी चिन्ह सुशोभन
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय ९मन्त्रीस्तर० को असार १४ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षक, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक र सचिवस्तरको सोही मितिको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।
प्रहरी महानिरीक्षक खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका २ जना, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका ४ जना, प्राविधिक प्रहरी उपरीक्षकमा पदोन्नती भएका ५ जना, प्राविधिक प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका १४ जना र प्राविधिक प्रहरी निरीक्षकमा पदोन्नती भएका ६ जना प्रहरी अधिकृतहरु समेत ३१ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
पदोन्नती भएका मध्ये प्राविधिक प्रहरी नायब उपरीक्षक २ जना हाल संयुक्त राष्ट्र संघीय मिसनमा र १ जना प्राविधिक प्रहरी नायब उपरीक्षक अध्ययन बिदामा रहनुभएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिनुभयो ।
संगठनको उद्देश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी दृढतापूर्वक पुरा गर्नुपर्नेमा जोड दिँदै उहाँले प्राविधिक प्रहरी कर्मचारीहरुमा संगठनप्रति थप जिम्मेवारी रहेको चर्चा गर्नुभयो । प्रहरी कर्मचारीले सम्पादन गरेको काम, अनुभव र अन्य मूल्याङ्कनको आधारमा वृत्तिबिकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने समेत उहाँले बताउनुभयो । नेपाल प्रहरीमा प्राविधिकको भूमिका र जिम्मेवारी निकै महत्वपूर्ण रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले व्यावसायिक रुपमा निर्भिक, इमान्दार, कर्तव्यनिष्ठ भई खुसीसाथ काम गर्न निर्देशन दिनुभयो ।
उक्त अवसरमा पदोन्नती भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायब महानिरीक्षक सुनिलकुमार श्रेष्ठले प्रहरी कर्मचारीहरुको वृत्ति विकास, मनोबलमा स्तरोन्नति र संगठनलाई नमुना संगठन तथा शुसासनको पहरेदारको रुपमा विकास गर्ने संगठनको लक्ष्य अनुरुप आएको बढुवा लहरले कर्मचारीहरुमा थप उर्जा सहितको योगदान दिन उत्प्रेरणा जगाएको उल्लेख गर्नुभयो । नेपाल प्रहरीको विभिन्न आयामको मेरुदण्ड रहेको प्राविधिक सेवा प्रदान गर्ने क्रममा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरी ठोस प्रतिफल दिन आफूहरू कटिबद्ध रहने उहाँले बताउनुभयो ।
समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
सवारी दुर्घटनामा मृत्यु
चितवन,
खैरहनी नगरपालिका १ ज्यामिरे स्थित पूर्व(पश्चिम राजमार्गमा भैरहवाबाट बीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस आइतबार अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका बसमा सवार चितवन राप्ती नगरपालिका(५ बस्ने १४ वर्षीय सुनिल मिजारको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाईते भएकाहरू मध्ये १४ जनाको पुरानो मेडिकल कलेज भरतपुर र ४ जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भईरहेको छ ।
हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
उदयपुर,
चौदण्डगढी ४ स्थित कालीखोलामा हाल नाम,थर,वतन नखुलेका करीब ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल क्षति
संखुवासभा,
मकालु गाँउपालिका(२ याङदेम बस्ने छबिलाल पराजुलीको घरमा आइतबार आगलागी हुँदा घर भित्र रहेको नगद ८ लाख रूपैयाँ र अन्य सरसामान जलेर करीब १० लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
यसैगरी मादी नगरपालिका(४ देबढुङ्गा बस्ने भिम बहादुर खातीको ढुङ्गा माटोले बनेको १ तले घरमा रेडियोको ज्याक बिद्युत लाइनमा जोडी बजाउने क्रममा करेन्ट सर्ट भइ आगलागी हुँदा घर र घरमा रहेको नगद, सुनका गरगहना र अन्य सरसामानहरु जलेर करीब ६ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानिय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया