मुक्तहलियाका घर निर्माण अलपत्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
मुक्तहलियाका घर निर्माण अलपत्र

सारांश

  • घर निर्माणका लागि सरकारबाट पाउनुपर्ने दोस्रो किस्ता रकम नपाउँदा कञ्चनपुरमा मुक्त हलियाका घर निर्माण काम अलपत्र परेको छ ।
  • रकम नपाउँदा कञ्चनपुरका ४५४ मुक्तहलियाको घर निर्माण कार्य ठप्प भएको राष्ट्रिय मुक्ति हलिया समाजका अध्यक्ष सिपी लोहारले बताउनुभयो ।
  • “घर निर्माणका लागि पहिलो चरणमा एक हजार ७८८ ले किस्ता बुझेका थिए”, उहाँले भन्नुभयो, “दोस्रो किस्ता नआउँदा घर बनाउने काम प्रभावित भएको छ ।

घर निर्माणका लागि सरकारबाट पाउनुपर्ने दोस्रो किस्ता रकम नपाउँदा कञ्चनपुरमा मुक्त हलियाका घर निर्माण काम अलपत्र परेको छ ।

रकम नपाउँदा कञ्चनपुरका ४५४ मुक्तहलियाको घर निर्माण कार्य ठप्प भएको राष्ट्रिय मुक्ति हलिया समाजका अध्यक्ष सिपी लोहारले बताउनुभयो । “घर निर्माणका लागि पहिलो चरणमा एक हजार ७८८ ले किस्ता बुझेका थिए”, उहाँले भन्नुभयो, “दोस्रो किस्ता नआउँदा घर बनाउने काम प्रभावित भएको छ ।” उहाँले स्थानीय तहमा मुक्तहलियाको बजेट आएपनि खर्च हुन नसकेको बताउनुभयो ।

“सरकारले गत असार मसान्तमा बजेट निकासा गर्दा तत्काल जग्गा खोज्न समस्या भयो”, लोहारले भन्नुभयो, “अझै रु नौ करोड बजेट आउन बाँकी छ ।” कञ्चनपुर जिल्लामा एक हजार ९९१ ले मुक्तहलिया परिचयपत्र प्राप्त गरेका थिए । जसमध्ये एक हजार ७५० पुनःस्थापना भइसकेका छन् भने १०६ ले अहिलेसम्म केही नपाएको अध्यक्ष लोहारले बताउनुभयो ।

मुक्तहलियालाई जिल्लामा भूमि सुधार कार्यालयमार्फत घर बनाउन प्रतिव्यक्ति रु दुई लाख २५ हजार र घर मर्मतका लागि रु एक लाख २५ हजार दिने सरकारले निर्णय गरेको लोहारको भनाइ थियो । “यहाँ रकमका लागि जाँदा भूमि सुधार मन्त्रालयबाटै निकासा भएको छैन भनेर फर्काउछन्”, उहाँले भन्नुभयो, “रकम अभावले मुक्तहलिया पीडित बनेका छन् ।”

मुक्तहलियाको समयमा पुनःस्थापना हुन नसकेको र स्वरोजगार बनाउने विषयमा पनि ध्यान जानुपर्ने बेला आएको सरोकारवालको भनाइ छ । अर्कातिर आयस्तर कमजोर हुँदा मुक्त हलियाका बालबालिका विद्यालय जानबाट बञ्चित हुनु परेको गुनासो छ । भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा मुक्तहलियाका ३५ घर बनेका छन् ।

स्थानीय विरराम विकले मुक्तहलिया बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जालजस्ता पूर्वाधार नहुँदा समस्या भोग्नुपरेको बताउनुभयो । “छाक टार्नकै लागि फेरि पनि अरुको मजदूरी गर्न पर्ने अवस्था विद्यमान छ”, उहाँले भन्नुभयो, “हामीलाई रोजगारी र सीपमूलक तालीम दिएर आत्मनिर्भर बनाउनुपर्छ ।” यहाँका करिब १२ वटा स्थानमा मुक्तहलिया पुनः स्थापनाअन्तर्गत घर निर्माणकार्य भइरहेको छ । मुक्तहलियालाई चार वर्गमा वर्गीकरण गरिएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री हरुको भेला पोखरामा सुरु
मुख्यमन्त्री हरुको भेला पोखरामा सुरु
सरकारले भ्रष्टाचारीलाई छाेड्दैन : प्रधानमन्त्री ओली
सरकारले भ्रष्टाचारीलाई छाेड्दैन : प्रधानमन्त्री ओली
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ’
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
बुधवार १०८१ जनालाई कोरोना संक्रमण पुष्टि
चीन र भारतको सैनिक शक्ति कसको कति ?
नक्सा पाससमेत नभएको भ्यू-टावर उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
नक्सा पाससमेत नभएको भ्यू-टावर उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

तपाईंले छुटाउनुभयो कि?