झापा प्रहरीको सफलता : दुई महिनामै ४१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२० पटक हेरिएको
Shares
झापा प्रहरीको सफलता : दुई महिनामै ४१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन

सारांश

  • रबिन शर्मा झापा ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दुई महिनामै ४१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
  • आर्थिक वर्षको साउन र भदौ महिनामा ओभरलोड ट्रक र ट्याक्टर कारबाहीबाट मात्र ट्राफिक प्रहरीले सो राजस्व संकलन गरेको हो ।
  • रबिन शर्मा

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दुई महिनामै ४१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्षको साउन र भदौ महिनामा ओभरलोड ट्रक र ट्याक्टर कारबाहीबाट मात्र ट्राफिक प्रहरीले सो राजस्व संकलन गरेको हो ।

दुई महिनामा ७ हजार ५० वटा ओभरलोड ट्रक र ट्याक्टर कारवाही हुँदा सो बराबरको राजस्व उठाउन सफल भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक ढुण्डिराज गिरी जानकारी दिए ।

ट्राफिक प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार साउन महिनामा ३ हजार १ सय सवारी कारबाहीबाट १८ लाख २६ हजार राजस्व संकलन भएको छ ।

र, भदौ महिनामा ३ हजार ९ सय ५० सवारी कारबाही हुँदा २३ लाख ४१ हजार ५ सय रुपैयाँ राजस्व उठेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?