पाँच जना डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस
सारांश
- काठमाडौं।
- गृह मन्त्रालयले ५ जना डिआइजीलाई एआइजीमा बढुवा गर्नको लागि सिफारिस गरेको छ ।
- गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सोमबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो।
काठमाडौं। गृह मन्त्रालयले ५ जना डिआइजीलाई एआइजीमा बढुवा गर्नको लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सोमबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो।
समितिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत उत्तमराज सुवेदी, १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका अरुण कुमार बिसी, गण्डकी प्रदेश प्रहरी कार्यालयका दिवेश लोहनी, प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयका मुकुन्द राज आचार्य र बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंटाकी पुजा सिंह गरी ५ जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया