अाज जेठ २२ गते: कहाँ के-के घटना घटे ?
सारांश
- अबैध रुपमा हुण्डीको कारोवार गर्नेहरु पक्राउ काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गर्ने कार्यमा संलग्न ७ जनालाई सोमबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ११ थापाथलिका २९ बर्षीय राहुल राय अग्रवाल, सिन्धुपाल्चोक बलेपी ८ घर भई हाल स्युचाटार काठमाडौं बस्ने ३१ बर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थान घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ५२ बर्षीय शिव कुमार साङतानी, भारत मुम्वई घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ४६ बर्षीय अरुण सावरथिया, भारत दिल्ली घर भई ज्ञानेश्वर काठमाडौं बस्ने ३८ वर्षीय रविन्द्र चोखानी र ४७ वर्षीय राज कुमार सिघान्ची तथा भारत राजस्थान घर भएका ५२ वर्षीय जगदिश राना सरिया रहेका छन् ।
- उनीहरुको साथबाट प्रहरीले नगद ५१ लाख ४ हजार ५ सय रुपैयाँ, ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानव्बे रुपैयाँको बैंक चेक, मोबाईल, ल्याप्टप तथा ध्जबतकब्उउ तथा ध्भऋजबत मा गरिएको हुण्डीको कारोवार बिवरण र हुण्डी कारोबार गरिएको लेजर तथा कागजातहरु बरामद गरेको छ ।
अबैध रुपमा हुण्डीको कारोवार गर्नेहरु पक्राउ
काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गर्ने कार्यमा संलग्न ७ जनालाई सोमबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ११ थापाथलिका २९ बर्षीय राहुल राय अग्रवाल, सिन्धुपाल्चोक बलेपी ८ घर भई हाल स्युचाटार काठमाडौं बस्ने ३१ बर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थान घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ५२ बर्षीय शिव कुमार साङतानी, भारत मुम्वई घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ४६ बर्षीय अरुण सावरथिया, भारत दिल्ली घर भई ज्ञानेश्वर काठमाडौं बस्ने ३८ वर्षीय रविन्द्र चोखानी र ४७ वर्षीय राज कुमार सिघान्ची तथा भारत राजस्थान घर भएका ५२ वर्षीय जगदिश राना सरिया रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले नगद ५१ लाख ४ हजार ५ सय रुपैयाँ, ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानव्बे रुपैयाँको बैंक चेक, मोबाईल, ल्याप्टप तथा ध्जबतकब्उउ तथा ध्भऋजबत मा गरिएको हुण्डीको कारोवार बिवरण र हुण्डी कारोबार गरिएको लेजर तथा कागजातहरु बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेल्ने पक्राउ
सुनसरी
धरान उपमहानगरपालिका १२ स्थित सबिता कटवालको घरमा जुवा(तास खेलिरहेका सबिता समेत ८ जनालाई नगद ६० हजार र ३ बुक तास सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुनका गहना सहित पक्राउ
सुनसरी
मोरङ पथरी नगरपालिका(१ बस्ने नरेशकुमार बि।क।र सुसान्त घतानीलाई सुनका विभिन्न गहनाहरु करिब ७ सय ११ ग्राम सहित सोमबार प्रहरीले पक्राउ गरको छ । धरान उपमहानगरपालिका(१० स्थित मुनाल पथमा शंकास्पद रुपमा हिँडीरहेका नरेशकुमार र सुसान्तलाई तलासी गर्दा उक्त सामान फेला पारी प्रहरीले पक्राउ गरको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्रमश स्
मरिच सहित पक्राउ
पर्सा
बीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेटमा जाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेको ग्ए UP 78 BT 3804 नम्बरको ट्रकमा करिब १२ टन बिल भन्सार तथा प्रज्ञापन पत्र नभएको कालो मरीच फेला पारी उक्त ट्रक सहित चालकलाई प्रहरीले पक्राउ गरको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु तथा घाइते
मोरङ रंगेली नगरपालिका ८ नहर टोलस्थित सडकमा को।२ त ५०६७ नम्बरको ट्याक्टरले को।२ प १३९७ नम्बरको मोटरसाईकललाई सोमबार ठक्कर दिंदा मोटरसाईकल पछाडि सवार सुनसरी बर्जु गाँउपालिका ५ टिकागंज बस्ने ४० बर्षीय चुनीलाश पासवानको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाईकल चालक रंगेली नगरपालिका ८ नहरटोल बस्ने पुरुषोत्तम रिजाल समेत घाईते भएकाले उपचारको लागि रंगेली अस्पताल पठाइएको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (बर्दघाट) देवचुली नगरपालिका १४ छत्तिसघरेस्थित पूर्वपश्चिम राजमार्गमा ना ६ ख ५७३१ नम्बरको ट्रकले लु २३ प ६४६१ नम्बरको मोटरसाईललाई ठक्कर दिंदा मोटरसाईकल सवार चालक रुपन्देही टिकौलीगढ ९ बस्ने २३ बर्षीया कृष्णप्रसाद थारु र नवलपरासी पश्चिम सुनवल नगरपालिका १० बस्ने २६ बर्षीय तुलराज कुवँर गम्भीर घाईते भएकोले दुबै जनालाई पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा उपचारको क्रममा कृष्णप्रसाद थारुको मृत्यु भएको छ । दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक फरार रहेकोले प्रहरीले खोही गरिरहेको छ ।
स्याङ्जा गल्याङ नगरपालिका २ रैवारस्थित जीरो मिर्मिस्थित सडकमा लु ३७ प १६३३ र लु ३२ प ९९७९ नम्बरको मोटरसाइकल सोमबार एकआपसमा ठक्कर खाँदा दुवै मोटरसाइकलमा सवार ५ जना घाईते भएकाले सामुदायिक अस्पताल गल्याङ पठाएकोमा उपचारको क्रममा लु ३७ प १६३३ नम्बरको मोटरसाइकल चालक गुल्मी हर्मिचौर बस्ने २३ बर्षीय सनिल सुनारको मृत्यु भएको छ । लु ३० प ९९७९ नम्बरको मोटरसाइकल चालक स्याङ्जा गल्याङ नगरपालिका २ बस्ने २३ बर्षीय दिलिप रानाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
बाँके खजुरा गाउँपालीका(६ सिमलघारी मान खोलामा पौडी खेल्ने क्रममा सोमबार सोही ठाउँ बस्ने नरसिंह कुँवरको ९ बर्षीय छोरा मोतीलाल कुँवरको खोलामा डुबेर मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गत शनिबार चितवन भरतपुर महानगरपालिका(१ बागेश्वरीस्थित नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका चितवन भरतपुर महानगरपालिका(११ बस्ने १७ बर्षीय निशान कुमाल सोमबार गैंडाकोट नगरपालिका(१० सिख्रौलीस्थित नारायणी नदीको किनार छेउमा मृत अबस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
जनकपुर उपमाहानगरपालिका १७ तेतरिया बजारस्थित आफ्नै ग्रिल पसलमा ग्रेण्डरले फलाम काट्ने क्रममा सोमबार सोही ठाउँस्थित कनकपट्टि बस्ने ३५ बर्षीय सुरेन्द्र साह र उनको भाई ३० बर्षीय विरेन्द्र साह करेन्ट लागि गम्भीर घाईते भएकाले उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै दुबै जनाको मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल क्षति
बारा आदर्शकोतवाल गाउँपालिका १ चिउटाहा टोल बस्ने शिवरत्न महतोको फुसको गोठमा लामखुट्टे धपाउन बालेको आगोबाट आगलागी हुँदा गोठ र महतोको खाना पकाउने फुसको घर समेत जलेर करिब २ लाख रुपैँया बराबरको धनमाल क्षति भएको छ ।
सुनसरी हरिनगरा गाउँपालिका २१ बस्ने मुस्तफा मियाको गोठमा बालेको घुरबाट सोमबार आगलागी हुँदा गोठ र कच्ची घर जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानिय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ठगी मुद्धाका फरार व्यक्ति पक्राउ
काठमाडौं
ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतको २०७३ जेठ १० गतेको फैसलाले १ वर्ष कैद र ४ लाख ५८ हजार रुपैयाँ जरिवाना हुने ठहरेकोमा उक्त कैद तथा जरिवानामध्ये ९ महिना कैद र ४ लाख ५८ हजार रुपैयाँ बेरुजु रही फरार रहेका काठमाडौँ चन्द्रागिरी नगरपालिका ७ थानकोट बस्ने धादिङ छत्रेदेउराली सिरानचौरका ३० बर्षीय राजेन्द्रप्रसाद लुइटेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले लुइटेललाई काठमाडौँ महानगरपालिका(१३ कलंकीबाट पक्राउ गरेको हो । प्रहरीले लुइटेललाई फैसला कार्यान्वयनको लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा पठाएको छ ।
लुइटेलले आफु राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सिंहदरवारको ऋण अधिकृत रहेको भनी जाहेरवाला कृष्णप्रसाद भट्टराईको मोरङमा रहेको जग्गा धितो राखी १ करोड ऋण दिलाई दिन्छु भनी पटक पटक गरी ४ लाख ५८ हजार रुपैयाँ ठगी गरेका थिए ।
लागूऔषध सहित पक्राउ
धरान उपमहानगरपालिका ३ बस्ने २९ बर्षीय सुरज साह र सोही उपमहानगरपालिका(१५ बस्ने २४ बर्षीय सिंहराज कार्कीलाई सोही उपमहानगरपालिका(१५ स्थित महादेब चोकबाट लागूऔषध एभिल ४७ एम्पुल, डाइजेपाम ४५ एम्पुल, लुपिजेसिक १४ एम्पुल र कुपिजेसिक ३२ एम्पुल सहित प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अबैधरुपमा गिट्टी बालुवा झिक्ने चालकहरू पक्राउ
मकवानपुर मनहरी गाउँपालिका ६ लोथर खोलाबगरमा अबैधरुपमा गिट्टी बालुवा झिकेर लोड गरिरहेको अबस्थामा ३ जेविसी र १ टिपर सहित तिनका ४ जना चालकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई आबश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय हेटौंडा पठाइएको छ ।
सवारी दुर्घटनामा मृत्यु तथा घाइते
सर्लाही बरहथवा नगरपालिका(१६ स्थित लखनदेवी खोलाको ड्यामको बाटोमा ज।१ त ७१४५ नम्बरको ट्याक्टर मंगलबार अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २२ बर्षीय संजीव रायको ट्याक्टरले च्यापिएर घट्नास्थलमै मृत्यु भएको छ ।
चितवन भरतपुर महानगरपालिका २९ घुमाउनेस्थित सडकमा ना।२ च ६९४ नम्बरको एम्बुलेन्सलाई यूपी ६५ एआर ३३१५ नम्वरको भारतीय बसले मंगलबार ठक्कर दिँदा भएको दुर्घटनामा एम्बुलेन्समा सवार गोरखा सिरानचोक गाउँपालिका(६ बस्ने ५३ बर्षीय बुद्धिबहादुर गुरुङ सहित ४ जना घाइते भएकोले उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाइएकोमा उपचारको क्रममा गुरुङको मृत्यु भएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी बलवा नगरपालिका(३ स्थित परिक्रमा सडकमा लोहारपट्टीबाट सरपल्लोतर्फ आउँदै गरको ना२ स ९९३७ नम्बरको ट्याम्पु मंगलबार आफै अनियन्त्रित भई पल्टन जाँदा ट्याम्पुमा सवार बलवा नगरपालिका ३ पडौल बस्ने ४५ वर्षीय सुकमरिया देबी पुर्बे लगायत १० जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि कारिकबाबा अस्पताल पडौलतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
पर्सा
बीरगंज महानगरपालिका ८ गाजली चोकस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका करीव ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । मृतक रिक्सा चालक भन्ने बुझिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
घर भत्कँदा धनमाल क्षति, २ जना घाइते
सिन्धुली
घ्याङलेख गाउँपालिका(४ नेत्रकाली बस्ने योगेन्द्रबहादुर थिङको ढुंगामाटोले बनेको घर अविरल बर्षाको कारण मंगलबार भत्कँन जाँदा घर, भाडावर्तन, लत्ताकपडा, अन्नपात, १४ कुखुरा गरी करीव २६ लाख रुपैयाँ बराबरको धनमाल पुरिएर क्षति भएको छ । घरमा पुरिएर उनका छोरा १९ वर्षीय खुरतानी थिङ र छोरी १६ वर्षीया डोल्मामाया थिङ सामान्य घाइते भएका छन् ।
Kusum Raee
राम्रो लाग्यो
Naya Khabar
राम्रो लाग्यो