अाज वैशाख १२ गते: कहाँ के-के घटना घटे ?
सारांश
- प्रहरी निरीक्षक पदको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन काठमाडौं खुल्ला प्रतियोगिता अन्तर्गत प्रहरी निरीक्षक पदको २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई विशेष स्वास्थ्य परीक्षामा सहभागी भएका उम्मेदवारहरूको विशेष स्वास्थ्य परीक्षण परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको छ ।
- साथै उक्त पदको २०७५ बैशाख ३१ गतेदेखि आगामी जेठ ६ गतेसम्म संचालन हुने अन्तर्वार्ता परीक्षा तालिका समेत प्रकाशन गरिएको छ ।
- उक्त सूचना नेपाल प्रहरीको वेवसाईटमा समेत राखिएको छ ।
प्रहरी निरीक्षक पदको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन
काठमाडौं
खुल्ला प्रतियोगिता अन्तर्गत प्रहरी निरीक्षक पदको २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई विशेष स्वास्थ्य परीक्षामा सहभागी भएका उम्मेदवारहरूको विशेष स्वास्थ्य परीक्षण परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको छ ।
साथै उक्त पदको २०७५ बैशाख ३१ गतेदेखि आगामी जेठ ६ गतेसम्म संचालन हुने अन्तर्वार्ता परीक्षा तालिका समेत प्रकाशन गरिएको छ । उक्त सूचना नेपाल प्रहरीको वेवसाईटमा समेत राखिएको छ ।
निषेधित मनोद्वीपक लागूऔषधसहित पक्राउ
काठमाडौं महानगरपालिका १६ सातघुम्तीबाट राहदानी नम्बर ०३२३५२३ वाहक जोर्डन नागरिक याजाद नायल डारवेस अल सराहलाई निषेधित मनोद्वीपक लागूऔषध ट्याव्लेट १४ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–४ विशालबजार बस्ने कास्की लेखनाथ महानगरपालीका–२ का ६२ वर्षीय सुरज गौचनलाई विशालबजारबाट मनोद्वीपक लागूऔषध १० ग्राम सहित सोमबार पक्राउ गरेको छ ।
यसैगरी काठमार्डौ महानगरपालिका–४ धुम्बाराहीबाट काठमाडौं महानगरपालिका–४ बिशालनगरका ४६ वर्षीय नवीन मानन्धरलाई निषेधित मनोद्वीपक लागूऔषध १० ग्राम सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट काठमाडौं महानगरपालिका–१८ क्षेत्रपाटी घर भएका ३७ वर्षीय लाप्चा गुरुङ भन्ने मुखिया गुरुङलाई निषेधित मनोद्धिपक लागूऔषध ४० ग्राम सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तामाका भाँडाकुँडा चोरी गरेको अभियोगमा पक्राउ
काठमाडौं महानरपालिका २५ नरदेवीस्थित महेश थपलियाको भाँडा पसलबाट विभिन्न किसिमका भाँडा चोरी गरेको अभियोगमा सोही पसलमा काम गर्ने गोरखा धावाका २३ वर्षीय सन्तोष पाण्डे र नुवाकोट ककनी गाउँपालिका ७ का २३ वर्षीय अर्जुन सेडाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलबाट विभिन्न किसिमका भाँडाहरू चोरी भएको सूचनाको आधारमा खटिएको प्रहरीले करीब १२ लाख रूपैया मूल्य बराबरका भाँडाकुँडा सहित दुवैजनालाई नियन्त्रणमा लिएको हो ।
यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनाबाट मृत्यु
कपिलवस्तु शिबराज नगरपालिका ७ जौबारीस्थित कृष्णनगर(चन्द्रौटा सडक खण्डमा चन्द्रौटाबाट बहादुरगंजतर्फ जाँदै गरेको लु२ ख २४७१ नम्बरको टिप्परले बिजयनगर गाउँपालिका ७ ढोडरी बस्ने मुकेस कोरीको छोरी ६ वर्षीया सलिना कोरीलाई बुधबार ठक्कर दिँदा घाइते भएकोमा शिबराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी पिपरा गाउँपालिका ३ पिपरास्थित पिपरा भमरपुरा सडकमा बिआर ३० जे ८०८२ नम्बरको भारतीय स्कारपियो गाडीले बुधबार ठक्कर दिँदा सोही स्थान बस्ने ४० वर्षीय महामतीदेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको छ । उक्त गाडी प्रहरीले नियन्त्रणमा लिएको छ भने चालकको खोजी कार्य भइरहेको छ ।
सुनसरी दुहबी नगरपालिका ८ कोशी राजमार्गमा बिराटनगरबाट इटहरी आइरहेको को।११ प ७०१४ नम्बरको मोटरसाइकल र बा ३ ख ७८७० नम्बरको माइक्रोबस बुधबार एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक सुनसरी धरान १५ बस्ने २९ वर्षीय राजिब भुजेल घाइते भएकाले उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्वन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अबस्थामा फेला
काठमाडौं महानगरपालिका(३१ बासुकीमार्ग डेरा गरी बस्ने धरान सत्रालयका ४७ वर्षीय रोशन आचार्य आफु बस्ने कोठाको बिस्तारमा बुधवार मृत अबस्था फेला परेका छन् ।
तनहुँ स् शुक्ला गण्डकी नगरपालिका(४ नयाँपुलस्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करीव ४२ वर्षीया महिलाको शव बुधबार फेला परेको छ ।
घटनाका सम्वन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल क्षति
पर्सा बिन्दबासिनी गाउँपालिका(३ झौवागुठी बस्ने बालजित दास र उनका भाई लक्ष्मण दासको फुसको छानो भएका घरमा बिजुली सर्ट भई बुधबार आगलागी हुँदा दुबैजनाको घर, खाद्यान्न र लत्ताकपडा गरी करीव ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
सप्तरी महादेवा गाउँपालिका(५ भगवतपुर बस्ने शिवनारायण साहको घरमा बिजुलीको तार सर्ट भई उनी लगायत ६ जनाको घरमा बुधबार आगलागी हुँदा घर तथा घरभित्रको सम्पूर्ण मालसामन जलेर करीव ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
प्रहरी, स्थानियबासी र दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको थियो । घटनाका सम्वन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लागूऔषध सहित पक्राउ
काठमाडौं महानगरपालिका ७ धोबीखोलाबाट प्रहरीले मंगलबार काठमाडौँ महानगरपालिका(६ सरस्वतीनगर बस्ने २१ वर्षीय इभेन्ट प्रसाई र २६ वर्षीय प्रविन थापालाई लागूऔषध नाइट्रोभेट ९ सय क्याप्सुल र ट्रामा ६ सय क्याप्सुल सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चोरी गर्ने पक्राउ
काठमाडौं
काम गर्ने पसलबाट चोरी गरेको अभियोगमा काठमाडौँ म्हेपी बस्ने गोरखा दावा घर भएका २३ वर्षीय सन्तोष बानियाँ र नुवाकोट ककनी गाउँपालिका–७ घर भएका २३ वर्षीय अर्जुन सेडाईलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१९ नरदेविस्थित काँचको भाँडाकुडा बनाउने पसलमा काम गर्ने उनीहरुले पसलबाट करीव ५ लाख रुपैयाँ बरारबको काँचको विभिन्न घाँडाकुडा चोरी गरी ट्याक्सीमा राखेर लैजादै गरेको अवस्थामा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु
ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा मे।१त ८६३१ नम्बरको ट्याक्टर मंगलबार सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना हुदाँ चालक झापा बुधवारे बस्ने २२ वर्षीय निशन बर्देवाको घटनास्थलमै मृत्यु भएको छ ।
झापा कन्काई नगरपालिका–१ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा ना।७ ख ८०१८ नम्बरको टिपरले मे।१६प ४२०८ नम्बरको स्कुटरलाई मंगलबार ठक्कर दिदाँ स्कुटर चालक धनकुटा देब्रेबास नगरपालिका–४ बस्ने ४२ वर्षीय राजेश श्रेष्ठ र स्कुटरमा सवार उनकी ३३ वर्षीया श्रीमती पुष्पा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । सोही स्कुटरमा सवार उनीहरुको १६ वर्षीय छोरा रोशन श्रेष्ठ समेत घाइते भएकाले उपचारको लागि बिएण्डसी अस्पतालमा पठाइएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ढुङ्गाले लागेर मृत्यु
रुकुम पूर्व
भुमे गाउँपालिका–४ दोभान बस्ने ४६ वर्षीय रुद्रबहादुर बुढा मंगलबार बाटोमा हिँडिरहेको अबस्थामा बाटो माथिबाट आएको ढुङ्गाले लागेर घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनमाल चोरी
भक्तपुर
मध्यपुर ठिमी नगरपालिका–९ बोडे बस्ने श्याम उप्रेतीको घरबाट मंगलबार कोही नभएको अवस्थामा सुनका गहना र ल्यापटप समेत गरी करीब १ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट मृत्यु तथा धनमाल क्षति
गुल्मी धुर्कोट गाउँपालिका–३ सोमर भोमर बस्ने ताराबहादुर पुनको कच्ची घर गोठमा मंगलबार आगलागी हुँदा कोठामा सुतिरहेका ६० वर्षीय कृष्णबहादुर पुनको आगोले जलेर मृत्यु भएको छ ।
बारा आदर्शकोतवाल गाउँपालिका–२ खजुरिया बस्ने जगदिस राउत कुर्मी सहित ४ जनाको ४ वटा फुसले बनेको घरमा मंगलबार आगलागी हुदाँ करीब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । आगो निभाउने क्रममा सोही ठाउँ बस्ने १५ वर्षीय रंजित पासवान बाँसको खम्बामा ठोक्किएर घाइते भएकाले उपचारको लागि स्थानीय मेडिकलमा पठाइएको छ ।
सिन्धुली कमलामाई नगरपालिका–९ बतासेस्थित निर्माणाधिन धरान चतारा सडकमा जनकपुर उपमहानगरपालिका–१६ बस्ने रतन ठाकुरले पार्किङ गरी राखेको बा।९च ९९५८ नम्बरको कारमा मंगलबार राति नजिकै थुपारी राखेको भुसबाट आगो सल्कदा कार पूर्ण रुपमा जलेर क्षति भएको छ ।
ओखलढुङ्गा मोलुङ गाउँपालिका–४ हर्कपुर बस्ने मेखबहादुर खत्रीको घर र गोठमा मंगलबार आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, नगद ६ हजार रुपैयाँ सहित करीब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया