अाज सउन २४ गते: कहाँ के-के घटना घटे?
सारांश
- अवैध रुपमा बोकी हिँडेको कस्तुरीको बिनासहित पक्राउ काठमाडौं, संरक्षित बन्यजन्तु कस्तुरीको बिना अवैध रुपमा बिक्री वितरणको लागि बोकी हिँडेको अवस्थामा ४ जनालाई ३ थान बिनासहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेहरुमा काभ्रे भुम्लु घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २८ वर्षीय दिपक नेपाली, रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौं सिनामंगल बस्ने १८ वर्षीय अर्पण सुनुवार, रामेछाप बेथान घर भएका १७ वर्षीय उज्वल पाण्डे र सल्यान कालागाउँ घर भई काठमाडौं चाहबिल बस्ने २२ वर्षीय जिबन बस्नेत रहेका छन् ।
- उनीहरुमध्येका अर्पण सुनुवारले झोलाभित्र लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा उक्त कस्तुरीको बिनासहित काठमाडौं महानगरपालिका(२७ ज्याठाबाट महानगरीय प्रहरी बृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
अवैध रुपमा बोकी हिँडेको कस्तुरीको बिनासहित पक्राउ
काठमाडौं,
संरक्षित बन्यजन्तु कस्तुरीको बिना अवैध रुपमा बिक्री वितरणको लागि बोकी हिँडेको अवस्थामा ४ जनालाई ३ थान बिनासहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रे भुम्लु घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २८ वर्षीय दिपक नेपाली, रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौं सिनामंगल बस्ने १८ वर्षीय अर्पण सुनुवार, रामेछाप बेथान घर भएका १७ वर्षीय उज्वल पाण्डे र सल्यान कालागाउँ घर भई काठमाडौं चाहबिल बस्ने २२ वर्षीय जिबन बस्नेत रहेका छन् ।
उनीहरुमध्येका अर्पण सुनुवारले झोलाभित्र लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा उक्त कस्तुरीको बिनासहित काठमाडौं महानगरपालिका(२७ ज्याठाबाट महानगरीय प्रहरी बृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं महानगरपालिका १५ स्वयम्भू अन्नपूर्ण चोकबाट तार्केश्वर नगरपालिका(६ बस्ने दोलखा मागापौवा गाउँपालिका १ घर भएका २३ वर्षीय बादल श्रेष्ठलाई अवैध लागूऔषध नुर्फिन ३४ थान, डाइजेल्याब ३४ थान र फेनारागन ६० एम्पुल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा दाङबाट काठमाडौं आउँदै गरेको ना।६ख ७९१० नम्बरको बसमा सवार काठमाडौं महानगरपालिका–९ गौशला बस्ने ३७ वर्षीय राजिब गुरुङलाई लागूऔषध डाईजेपाम १ सय एम्पुल, नुर्फिन १ सय १ एम्पुल र फेनारगन १ सय एम्पुल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही लालबन्दी नगरपालिका ३ भैरवपुल जब्दीबाट ना।४४ प २०४९ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका ६ बस्ने ४१ वर्षीय गोरे भन्ने ईन्द्रबहादुर खपाङ्गी र २५ वर्षीय जितु भन्ने नेत्रबहादुर रानालाई लागूऔषध डाइलेक्स डिसि १ सय एमएलको ११ बोतल, कोडोरेक्स एनएफ १ सय एमएलको १० बोतल र कोजोम एलसिडि ५ बोतल र नगद नेपाल ९ हजार ३ सय तथा भारतीय रुपैयाँ १ सय १५ सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
मोरङ बिराटनगर महानगरपालिका १४ स्थित ईलाका प्रहरी कार्यालय रानीको कार्यालय अगाडिबाट भारतबाट नेपालतर्फ आँउदै गरेका पैदलयात्री बिराटनगर महानगरपालिका(१० बस्ने २७ वर्षीय चन्दन मण्डललाई शरीरमा टेपले बाँधेको अबस्थामा लागूऔषध लुपिजेशिक २० एम्पुल, एभिल २० एम्पुल, डाइजेल्याप २० एम्पुल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा,
महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा मेची नगरपालिका(७ बस्ने ४० वर्षीय मदन भारतीलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका भारतीले सोही ठाउँ बस्ने ५३ वर्षीया महिलालाई निजकै घरमा बुधबार जबरजस्ती करणी गरेको प्रहरी चौकी सतिघट्टामा जानकारी आएपछि अनुसन्धानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उपचारको क्रममा कैदीको मृत्यु
मोरङ,
बिराटनगर महानगरपालिका८ स्थित मोरङ कारागारमा जवरजस्ती करणी मुद्धा सजाय भोगिरहेका कैदी डागिहाट घर भएका ६० वर्षीय फुदन ऋषिदेब श्वास प्रश्वास सम्बन्धी बिरामी भई उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।
मृत अवस्थामा फेला
बारा कोल्हबी नगरपालिका ८ काठगाँउस्थित जंगलमा हाल नाम, थर, वतन खुल्न नसकेका अंदाजी ४५ वर्षीय पुरुषको सडिगलेको अवस्थामा बुधबार शव फेला परेको छ ।
धादिङ गजुरी गाउँपालिका(२ चालिसेस्थित सडक छेउमा हाल नाम, थर, वतन खुल्न नसकेकी अंदाजी ८० वर्षीया महिला टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा बिहीबार फेला परेकी छिन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल क्षति
रुपन्देही देवदह नगरपालिका(३ सेमरास्थित प्रदिवकुमार सारुको होटलमा ग्याँस लिक भई बुधबार आगलागी हुँदा नगद ७ हजार रुपैयाँ, फ्रिज, टि।भि।, मिक्चर, फर्निचर लगायतका सामानहरु जलेर करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
सुनसरी ईनरुवा नगरपालिका(२ स्थित रामअवतार साहको कच्ची घरमा बुधबार आगलागी हुँदा करीव ४ लाख रुपैयाँ बराबरको कस्मेटिक सामानहरु जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा स्थानीय प्रहरीले आगो नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया