अाफैले गरेकाे निर्णयबाट पछि हट्दै सरकार

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
२८ पटक हेरिएको
Shares
अाफैले गरेकाे निर्णयबाट पछि हट्दै सरकार

सारांश

  • काठमाडौं, ३१ असार  ।
  •   नेपाल सरकार अाफैले गरेकाे निर्णयबाट पछि हट्ने भएकाे छ ।
  • साउनदेखि यातायातको सिण्डिकेटको ‘वैधानिक अन्त्य’ गर्ने पूर्वघोषणाबाट सरकार पछि हट्ने भएकाे हाे ।

काठमाडौं, ३१ असार  ।  नेपाल सरकार अाफैले गरेकाे निर्णयबाट पछि हट्ने भएकाे छ ।

साउनदेखि यातायातको सिण्डिकेटको ‘वैधानिक अन्त्य’ गर्ने पूर्वघोषणाबाट सरकार पछि हट्ने भएकाे हाे । यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेसंगै अाफैले गरेकाे निर्णयबाट ब्याक हुन लागेकाे बुझिएकाे छ ।

यातायात समितिहरुलाई अझै वैधानिकताको समय दिने र खोसिएका सुविधा फिर्ता दिने तयारी गरेपछि व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का भएको छ ।

सरकारले  साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो ।
अब मन्त्रिपरिषद बैठकबाटै समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी छ । मन्त्रिपरिषद बैठक सोमबार बस्दैछ ।

यातायात मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलको सिफारिसका आधारमा केही महिना थप समय दिएर समितिहरुलाई कम्पनीमा जान ‘बाध्य पारिने’ योजना बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक उच्च अधिकारीले  बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?