आइजीपीबारे देउवाले मुख खोले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १८, २०७३
|
|
२९४ पटक हेरिएको
Shares
आइजीपीबारे देउवाले मुख खोले

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको आइजीपी नियुक्ति गर्ने अधिकार सरकारको भएको भन्दै  अदालतलाई जवाफ दिएका छन् ।
  • बिराटनगरमा आयोजित नेपाली कांग्रेसको चुनाव लक्षित सभालाई सम्वोधन गर्न शुक्रबार बिहान बिराटनगर गएका सभापति देउवाले विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा आइजीपी प्रकरणबारे मुख खोलेका हुन् ।
  • सरकारले जयबहादुर चन्दलाई आएजीपी नियुक्त गरेकोमा सर्वोच्च अदालतले रद्द गरिदिइसकेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको आइजीपी नियुक्ति गर्ने अधिकार सरकारको भएको भन्दै  अदालतलाई जवाफ दिएका छन् ।


बिराटनगरमा आयोजित नेपाली कांग्रेसको चुनाव लक्षित सभालाई सम्वोधन गर्न शुक्रबार बिहान बिराटनगर गएका सभापति देउवाले विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा आइजीपी प्रकरणबारे मुख खोलेका हुन् ।

सरकारले जयबहादुर चन्दलाई आएजीपी नियुक्त गरेकोमा सर्वोच्च अदालतले रद्द गरिदिइसकेको छ । र, अदालतले नवराज सिलवाललाई आइजीपी बनाउनुपर्ने गरी आदेश दिए पनि सरकारले यसबारे कुनै निर्णय भएको छैन । यसबारेमा पत्रकारले जिज्ञासा राख्दा कांग्रेस सभापति देउवाले आइजीपी नियुक्त गर्ने अधिकार सरकारको भएको बताएका थिए ।

देउवाले अदालतको नाम नलिई आईजीपी बनाउने अधिकार सरकारमा रहेको भन्दै यो विवाद चाँडै सरकारले टुङ्याउने बताए ।

सञ्चारकर्मीले अब फेरि जयबहादुर चन्दलाई आइजीइपी बनाउने हो ? भनेर देउवालाई प्रश्न गरेका थिए । जवाफमा देउवाले भने- ‘हेर्दै जाउँ, आईजीपी को हुन्छ !’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?