पत्रकारलाई सूचना नदिन प्रहरी उपरीक्षककाे कडा निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
पत्रकारलाई सूचना नदिन प्रहरी उपरीक्षककाे कडा निर्देशन

सारांश

  • भक्तपुर, ३ जेठ ।
  • महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिएका छन्।
  • उक्त परिषरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफलमा परिषरका प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिषर मातहतका अन्यले सूचना नदिन निर्देशन दिएका हुन्।

भक्तपुर, ३ जेठ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिएका छन्।

उक्त परिषरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफलमा परिषरका प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिषर मातहतका अन्यले सूचना नदिन निर्देशन दिएका हुन्। दुवै वृत्तका प्रमुखलाई निर्देशन दिँदै उनले भने, “कुनै पनि घटना भए प्रवक्तालाई तत्कालै जानकारी गराउनुहोस्, प्रवक्ताबाहेक अरू कसैले पनि सञ्चारकर्मीलाई सूचना नदिनुहोस्, एकद्वार प्रणालीबाट सूचना प्रवाह होस् ।”

पत्रकारलाई विभिन्न व्यक्तिले जथाभावी सूचना दिँदा अनुसन्धानमा बाधा पर्ने बताउँदै उनले जथाभावी सूचना दिने र सूचना चुहाउने प्रहरीलाई तत्काल कारबाही गर्नसमेत निर्देशन दिए।

सञ्चारकर्मीलाई पनि प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंसँग मात्रै आधिकारिक रुपमा सूचना लिन आग्रह गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले सञ्चारकर्मीलाई भने, “कुनै पनि घटनाको सूचना चाहिएमा प्रवक्तासँग लिनुस्, मलाई फोन गर्नु पर्दैन, अनुसन्धान गर्नुपर्ने घटनाको सूचना नमाग्नुहोस्, अनावश्यक सूचना मागेर दबाब नदिनुहोस् ।”

सञ्चारकर्मीले भने प्रहरीसँग सूचना लिन निकै गाह्रो भएको र प्रहरीले नै सूचना लुकाउने गरेको गुनासो गर्दै सहज र छिटो रुपमा सूचना पाउने व्यवस्था गर्न वृत्तका प्रमुखबाट पनि सूचना पाउनुपर्ने व्यवस्था गरिदिन माग गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नायिका रेखा थापा के खोज्दैछिन् जाजरकोटमा ?
नायिका रेखा थापा के खोज्दैछिन् जाजरकोटमा ?
तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिला पक्राउ !! आगलागीमा जलेर दुई बालबालिको मृत्यु…
तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिला पक्राउ !! आगलागीमा जलेर दुई बालबालिको मृत्यु…
काठमाडौंका मेयरको मर्यादाक्रम घटाउन मुख्य दल एकमत
काठमाडौंका मेयरको मर्यादाक्रम घटाउन मुख्य दल एकमत
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, के गर्न पाइदैन ?
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, के गर्न पाइदैन ?
छिमेकीले घर र परिवार दुवैलाई कब्जामा लिए ! अनौठो घटना सार्वजनिक
छिमेकीले घर र परिवार दुवैलाई कब्जामा लिए ! अनौठो घटना सार्वजनिक
प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान
प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान
‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’
‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’
ओली-देउवासहित शीर्ष नेताहरुको छलफलमा मन्त्री फेर्नेबारे बहस, ‘रेड जोन’ मा यी मन्त्री
ओली-देउवासहित शीर्ष नेताहरुको छलफलमा मन्त्री फेर्नेबारे बहस, ‘रेड जोन’ मा यी मन्त्री
निजामती विधेयकको छलफल जारी
निजामती विधेयकको छलफल जारी
हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०
हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०

तपाईंले छुटाउनुभयो कि?