खटिए मतदानस्थलमा कर्मचारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ७, २०८०
|
|
२१ पटक हेरिएको
Shares
खटिए मतदानस्थलमा कर्मचारी

सारांश

  • चितवन ।
  • चितवन क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिएका छन् ।
  • ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् ।

चितवन । चितवन क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिएका छन् । ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इश्वरी आचार्यका अनुसार मतदान अधिकृतलाई दुई दिनको तालिमसँगै आज मतदान केन्द्रमा खटाइएको छ ।

एक मतदान केन्द्रमा पाँच जना कर्मचारी खटाइएको उनले जानकारी दिइन् । कर्मचारीसँगै निर्वाचनका लागि आवश्यक ७७ प्रकारका सामग्री पठाउन लागिएको उनले बताइन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र जिल्ला निर्वाचन कार्यालयबाट अन्य सामग्री वितरण गरिएको छ ।

उप निर्वाचनका लागि एक लाख ३८ हजार मतपत्र चितवन आइसकेका छन् । हरेक मतदान केन्द्रमा मतदाता सङ्ख्याभन्दा पाँचदेखि १० प्रतिशत बढी मतपत्र पठाइने उनतले बताइन् । मतदान केन्द्रमा कर्मचारी खटिएसँगै स्थानीयस्तरमा दलका प्रतिनिधिसँग छलफल र अन्य प्रक्रिया सुरु गरिने छ ।

मतदानका लागि कर्मचारीसँगै सुरक्षाकर्मीसमेत आज साँझनै हरेक स्थलमा पुगिसक्ने उनले बताए । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार दुई ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?