जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद

सारांश

  • काठमाडौं ।
  • बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या अनुसन्धान थप जटिल मोडमा पुगेको छ ।
  • पछिल्लो समय प्रहरीले पक्राउ गरेको दुई युवा विशाल चौधरी र प्रदीप रावललाई उक्त घटना भएको बेला प्रहरी हिरासतमै रहेको भन्ने खुल्न आएपछि घटनाको अनुसन्धान र दोषी को हो भन्ने विषय झन् पेचिलो बनेको हो ।

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या अनुसन्धान थप जटिल मोडमा पुगेको छ । पछिल्लो समय प्रहरीले पक्राउ गरेको दुई युवा विशाल चौधरी र प्रदीप रावललाई उक्त घटना भएको बेला प्रहरी हिरासतमै रहेको भन्ने खुल्न आएपछि घटनाको अनुसन्धान र दोषी को हो भन्ने विषय झन् पेचिलो बनेको हो । निर्मलाको शव भेटिए देखिनै प्रमाण नष्ट गर्न उद्दत प्रहरीको अनुसन्धान एक पछि अर्को विवादमा तानिएको छ ।

निर्मलाको बलात्कार भएको १० साउन बिहान करिब १० बजेपछि प्रदीपलाई वडा प्रहरी कार्यालयको नियन्त्रणमा लगेको र सोही दिन विशाललाई पनि प्रहरीले दिउसो १ बजे उनकै घरबाट नियन्त्रणमा लिएको थियो । दुवैमाथि कुखुरा चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका थिए । दुवै जना कुलतमा लागेको र प्रहरीले प्रलोभन देखाएर घटनाको वास्तविक अपराधीलाई उन्मुक्ति दिन खोजेको उनीहरूको आफन्तले आरोप लगाइरहेका छन् ।

प्रहरी नियन्त्रणबाट प्रदीप १२ साउन र विशाल ११ साउनमा छुटेका थिए । परिवारजनका अनुसार प्रदीप वडा प्रहरीको नियन्त्रणमै रहेका र १२ साउनमा मात्रै हिरासत मुक्त भएका थिए । वडा प्रहरी कार्यालयमा प्रदीपले कुखुरा चोर्ने काममा विशाल चौधरी पनि संलग्न रहेको बताएपछि प्रहरीले दिउसो १ बजे विशाललाई सालघारी स्थित घरबाट पक्राउ गरेको समेत परिवारजनले बताउँदै आएका छन् । तर प्रहरीले भने उनीहरूले कसुर गरेको स्वीकारेको दाबी गर्दै आएको छ । पक्राउ परेका प्रदीप रावलको बयान र प्राविधिक जाँच भइरहेको जनाइएको छ । डिएनए जाँचका लागि रावलको नमूना संकलन गरि निर्मलाको भेजिनल स्वाबसँग म्याच गराउन लगिएको छ । रावलको डिएनए परीक्षणको रिपार्ट भने आइसकेको छैन।

प्रहरीले  प्रदिपको डिएनए परिक्षणको नतिजा आइनसकेको हुँँदा यसैलाई नै पूर्ण मान्य गर्न नसकिने प्रहरीले जनाउँदै आएको छ किनभने यसअघि पनि निर्मलाको हत्या अपराभ स्विकारेका दिलिप विष्टको डिएनए परिक्षण नेगेटिभ देखिएपछि उनी निर्दोश साबित भएका थिए ।

निर्मला प्रकरण अनुशन्धानमा सुरुदेखि नै लापरवाही गरि बद्नाम बनेको प्रहरीलाई दोषी पक्राउ गर्न पछिल्लो समय जनस्तरबाट चर्कोे दवाव परेको  र यो थेग्न नसकेर प्रहरी प्रशासनले  गर्ने हठात निर्णयमा कतै निर्दोशहरुले अपराधको सजायँ भोग्न बाध्य हुने त हाेइनन् भन्ने आशंका पलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?