आईपीएलमा गुजरातको लगातार तेस्रो जित

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २६, २०७८
|
|
३५ पटक हेरिएको
Shares
आईपीएलमा गुजरातको लगातार तेस्रो जित

सारांश

  • काठमाडौं।
  • पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ।
  • मुम्बईमा शुक्रबार राति पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे ।

काठमाडौं। पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ। मुम्बईमा शुक्रबार राति पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे । गुजरातको जितमा सुबमन गिलले सर्वाधिक ९६ रन बनाए। पन्जाबका कागिसो राबडाले २ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएकाे थियाे। पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रन बनाए। गुजरातका राशिद खानले ३ विकेट लिए। जितसँगै गुजरात ३ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पन्जाब ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा छ।[image: thumb.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?