नेपालमा उत्तर कोरियालीले लुकेर डाक्टरी व्यापार गर्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
नेपालमा उत्तर कोरियालीले लुकेर डाक्टरी व्यापार गर्दै

सारांश

  • काठमाडौं : तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ ।
  • उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् ।
  • बिजनेस भिसामा काम गर्नु गैरकानुनी हो ।

काठमाडौं : तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ ।उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् । बिजनेस भिसामा काम गर्नु गैरकानुनी हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

अध्यागमन नियमावली २०५१ को दफा २० उपदफा २ मा बिजनेस भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा लिएको हो, त्यसबाहेक अन्य काम गर्न नपाउने उल्लेख छ ।

ने कोर्यो अस्पतालमा १० जना उत्तर कोरियालीले काम गर्दै आएका छन् । तीमध्ये ८ जना चिकित्सक हुन् । दुई जनाले प्रशासनिक काम गर्दै आएका छन् । उनीहरू कसैसँग पनि कामदार भिसा छैन । उनीहरू कसैले पनि मेडिकल काउन्सिल र श्रम विभागबाट समेत स्वीकृति लिएका छैनन् । सेफरमा कार्यरत डा. को पेक सानले मेडिकल काउन्सिलबाट अनुमति लिएका छन् तर श्रम स्वीकृति लिएका छैनन् ।

श्रम विभागका निर्देशक वरुणकुमार झाले श्रम स्वीकृतिबिना कुनै पनि विदेशी नागरिकले काम गर्न नपाउने बताए । ‘कुनै पनि उत्तर कोरियाली नागरिकले अहिलेसम्म श्रम स्वीकृति लिएका छैनन्,’ निर्देशक झाले अन्नपूर्णसँग भने, ‘वर्क पर्मिट नलिई कुनै विदेशीले काम गर्न पाउँदैनन् । उत्तर कोरियालीले श्रम स्वीकृति लिएको हाम्रो रेकर्डमा देखिँदैन ।’

सेफर अस्पतालका लागि उत्तर कोरियालीले नभई दक्षिण कोरियाली नागरिकले श्रम स्वीकृति लिएको उनले जानकारी दिए । सेफरका सञ्चालक धर्म चन्दले श्रम स्वीकृति लिएर मेडिकल काउन्सिलमा दर्ता भएपछि मात्र उत्तर कोरियाली चिकित्सकलाई काम लगाएको दाबी गरे ।

विदेशी चिकित्सकले नेपालमा काम गर्न चाहेमा अनुमति लिनुपर्ने बाध्यकारी प्रावधान छ तर उत्तर कोरियाली चिकित्सक सबैले अनुमति नलिएको मेडिकल काउन्सिलले जनाएको छ । काउन्सिलका रजिस्ट्रार दिलीप शर्माले विदेशी चिकित्सकले नेपालमा काम गर्न काउन्सिलमा दर्ता हुनुपर्ने बताए । ‘मेडिकल काउन्सिलमा दर्ता नभई विदेशी चिकित्सकले काम गर्नु गैरकानुनी हो’, उनले भने । कञ्चनपुरका लागि एक जना उत्तर कोरियालीले अनुमति लिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Basar Miya

    दिन दाहाडइ भारत ले औसधि र उपचार को नाम जनता लाई ठगिराछ भने उत्तर कोरियाले सेवा गर्दा के हि हुदैन मित्र हो।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सेनाका जर्नेलमाथि सैनिक अदालतमा मुद्दा
नेपाली सेनाका जर्नेलमाथि सैनिक अदालतमा मुद्दा
सरकारले यी गाउँपालिकाका केन्द्र र नाम परिवर्तन गर्यो
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
सिन्धुपाल्चोक २ मा वाम गठबन्धन पछाडि, पशुपति दोब्बर मतले अगाडि
सिन्धुपाल्चोक २ मा वाम गठबन्धन पछाडि, पशुपति दोब्बर मतले अगाडि
राष्ट्रपतिमाथि अश्लील गाली गर्ने  बढुवाको पहिलो नम्बरमा !
राष्ट्रपतिमाथि अश्लील गाली गर्ने  बढुवाको पहिलो नम्बरमा !
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै,  पक्राउ पुर्जी छोरालाई !
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पक्राउ पुर्जी छोरालाई !
एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा
एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा
खोप लगाएको कार्डबिना सार्वजनिक स्थानमा प्रवेश निषेध
उपाधी कसकाे ? चितवन या घरेलु टाेलि पाेखराकाे !
उपाधी कसकाे ? चितवन या घरेलु टाेलि पाेखराकाे !
क्रिकेटमा नेपालको सनसनीपूर्ण जित, विश्वकप खेल्न पाउने
क्रिकेटमा नेपालको सनसनीपूर्ण जित, विश्वकप खेल्न पाउने

तपाईंले छुटाउनुभयो कि?