आगलागीबाट ४० लाखको क्षति

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
आगलागीबाट ४० लाखको क्षति

सारांश

  • मङ्गलबारे, २५ पुस ।
  • इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा आज आगलागी हुँदा करीब रु ४० लाख बराबरको क्षति भएको छ ।
  • स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा, गरगहना, अन्नपात, अलैँची तथा नगद जलेर नष्ट भएको छिमेकी दीननाथ भट्टराईले जानकारी दिनुभयो ।

मङ्गलबारे, २५ पुस । इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा आज आगलागी हुँदा करीब रु ४० लाख बराबरको क्षति भएको छ ।

स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा, गरगहना, अन्नपात, अलैँची तथा नगद जलेर नष्ट भएको छिमेकी दीननाथ भट्टराईले जानकारी दिनुभयो ।

घरमा कोही नभएको समयमा आगलागी भएको हो । घरमा किराना पसलसमेत राखिएको थियो । आगलागी हुनासाथ स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव नभएको भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?